सुदन गुरुङको समर्थनमा ‘सेभ घोपा’ सार्वजनिक सुनुवाइ: धरानवासीका समस्या र माग खुल्ला रूपमा प्रस्तुत हुने

 मङि्सर २३, २०८२

✍ लेखा खबर संवाददाता


धरानको घोपा क्याम्पमा अनियमितताविरुद्ध सुधन गुरुङको नेतृत्वमा स्थानीयले उठाएको विरोधको दृश्य

२२ मंसिर, काठमाडौं – धरानको B.P. Koirala Institute of Health Sciences (BPKIHS) स्थानीय परिचयमा “घोपा क्याम्प”मा सेवा–पद्धति, प्रशासनिक अनियमितता र उपचार प्रणालीमा समस्या भएका दाबी गर्दै सक्रिय भएको Hami Nepal अन्तर्गतको Save Ghopa Campaign पुनः सुरु भएको छ। मंसिर २९ गते शिव मार्ग, धरानमा आयोजना हुने तय भएको यस कार्यक्रम अन्तर्गत, सामाजिक अभियन्ता सुदन गुरुङले स्थानीयहरु, बिरामी परिवार र सरोकारवालाहरुलाई आमन्त्रण गर्दै सार्वजनिक सुनुवाइ आयोजना गर्दैछन्।

सुदन गुरुङको संलग्नता नयाँ होइन। केही वर्षअघि उनले अस्पतालको इमर्जेन्सी वार्डमा बिरामीहरू भुइँमा सुतेका देखेपछि BPKIHS को अवस्था अनुसन्धान गर्न थाले। तत्कालिन छानबिनले अस्पतालमा अनियमित खरिद, गुणस्तरहीन उपकरण, फोहोर व्यवस्थापनको कमजोरी लगायतको पत्ता लगाएको थियो। तर परिवर्तन नआएपछि उनले र स्थानीय युवाहरुले २०७९ सालदेखि आन्दोलन सुरु गरे।

हालको सुनुवाइमा बिरामी सेवाको गुणस्तर, प्रशासनिक पारदर्शिता, आवश्यक उपकरण र स्वास्थ्य–सेवा पहुँचमा भएको बेथिति सार्वजनिक रूपमा उजागर गर्न सुदन गुरुङ र अन्य अभियानकर्ताहरु लागिपरेका छन्। उनीहरुको विश्वास छ खुला संवाद र नागरिक सहभागिताले मात्र घोपा क्याम्पमा दीर्घकालीन सुधार सम्भव छ।

घोपा क्याम्प सुधार: लामो समयको आवाज पुनः सार्वजनिक मञ्चमा

धरानको सबैभन्दा ठूलो स्वास्थ्य केन्द्र BPKIHS मा विगत केही वर्षयता सेवामा अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार, राजनीतिक हस्तक्षेप, कर्मचारी व्यवस्थापन समस्या र पारदर्शिताको अभावविरुद्ध स्थानीय समुदाय निरन्तर आवाज उठाउँदै आएको छ।

Save Ghopa Camp आन्दोलन यी मागहरूकै वरिपरि केन्द्रित छ। स्वास्थ्य सेवा गुणस्तर सुधार, उपचारमा पारदर्शिता, चिकित्सक तथा कर्मचारी व्यवस्थापन सुधार, खरिद प्रक्रिया स्पष्टिकरण र उत्तरदायित्व सुनिश्चितताको आवश्यकता लगातार उठाइँदै आएको छ।

सार्वजनिक सुनुवाइका मुख्य उद्देश्यहरू

– BPKIHS/घोपा क्याम्पमा रहेका सेवा–समस्या खुला रूपमा प्रस्तुत गर्ने

– स्थानीय जनता, बिरामीका परिवार तथा सरोकारवालाबाट प्रत्यक्ष प्रश्न र सुझाव संकलन गर्ने

– निकाय र जनताबीच पारदर्शी संवाद स्थापना गर्ने

– स्वास्थ्य सेवा सुधारका लागि दीर्घकालीन समाधानको साझा मार्गचित्र बनाउने

सुनुवाइमार्फत धरानबासीले लामो समयदेखि भोग्दै आएका गुनासा प्रशासनसम्म पुग्ने अपेक्षा गरिएको छ।

धरानवासीको आशा: घोपा क्याम्प केवल अस्पताल होइन, पूर्वी नेपालको जीवनरेखा

घोपा क्याम्प पूर्वी नेपालका लाखौं नागरिकको उपचार, शिक्षा र स्वास्थ्य सेवाको मुख्य आधार हो।
यसैले यसको सुधार, पारदर्शिता र विश्वास पुनर्स्थापना केवल धरानको विषय मात्र नभई प्रदेशव्यापी महत्वको विषय हो।

अभियानकर्ताहरू भन्छन्
“घोपा क्याम्प सुध्रियो भने पूर्वको स्वास्थ्य सेवा सुध्रिन्छ। त्यसैले यो आवाज धरानले मात्र होइन, प्रदेशले पनि सुन्नुपर्नेछ।”

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5