Goaको क्लबमा आगोलागे पछि नेपालका क्लबहरूको फायर सुरक्षा माथि गम्भीर प्रश्न

 मङि्सर २५, २०८२

✍ लेखा खबर संवाददाता


Goa को नाइट क्लबमा भएको भीषण आगलागी र नेपालका नाइट क्लबहरूको फायर सुरक्षा जोखिमबारे संकेत

काठमाडौं, २४ मंसिर – भारतको गोवास्थित ‘Birch by Romeo Lane’ नाइट क्लबमा शनिबार राति लागेको भीषण आगलागीमा २५ जनाको ज्यान गएको छ, जसमा ४ जना नेपाली कामदार पनि परेका छन्। मध्यरातमा लागेको आगोले क्षणभरमै सम्पूर्ण भवनलाई घेरेपछि अधिकांशले धुवाँ निसास्सिएर ज्यान गुमाएका थिए।

यो दुर्घटनापछि नेपालका नाइट क्लब, बार र लाउञ्जको वास्तविक सुरक्षा अवस्था कति सुरक्षित छ? भन्ने ठूलो प्रश्न उठेको छ।

प्रारम्भिक अनुसन्धानले Goa को क्लबमा गम्भीर लापरवाही भेटिएको छ :

  1. वैध Fire NOC नभएको
  2. आपतकालीन निकास खुला नभएको
  3. फायर एक्स्टिङ्गुइशर नचल्ने अवस्थामा
  4. अत्यधिक ज्वलनशील काठका सजावट
  5. संकुचित basement को प्रवेशद्वार
  6. पर्याप्त ventilation नभएको

यो सबै संयोजनसहित आगोले रातारात क्लबलाई ‘death trap’ मा बदलिदियो।

Goa को घटनाले नेपालका दरबारमार्ग , झम्सिखेल, ठमेल र पोखरा लगायतका क्षेत्रका नाइट क्लबहरूको सुरक्षा अवस्थाप्रति शंका बढाएको छ।
धेरै मनोरञ्जन स्थलमा वैध फायर NOC को अभाव, आपतकालीन निकास नहुनु, र फायर एक्स्टिङ्गुइशरहरू कार्यशील अवस्थामा नहुँनु जस्ता गम्भीर कमीहरू पाइन्छन्। त्यसमा पनि पुराना भवन संरचना, भीडअनुरूप नबनेका धुवाँ निकास प्रणाली, र कमजोर नियमपालना का कारण दुर्घटनाको जोखिम झनै बढिरहेको विशेषज्ञहरूको निष्कर्ष छ।

सुरक्षा विशेषज्ञका अनुसार,

“नेपालका धेरै मनोरञ्जन स्थलमा सुरक्षा प्रबन्ध कागजमै सीमित छन्। व्यवहारमा लागू नगरेसम्म यस्ता लापरवाहीहरूले ठूलो दुर्घटनाको जोखिम दिनदिनै बढाउँदै लैजान्छ।”

उनीहरूको भनाइमा, भवन निर्माण संहिता र सुरक्षा मापदण्डको कडाइका साथ कार्यान्वयन, नियमित निरीक्षण, र उल्लंघनमा कडा कारबाही नगरे अर्को ठूलो दुर्घटना नेपालमै दोहोरिन सक्ने खतरा रहिरहन्छ।

सबै मनोरञ्जन स्थलमा तत्काल व्यापक आगो–सुरक्षा परीक्षण गर्न, फायर सुरक्षा प्रमाणपत्र नभएका स्थलहरूलाई बन्द गर्न तथा कर्मचारीलाई अनिवार्य रूपमा फायर सेफ्टी तालिम उपलब्ध गराउन विज्ञहरूले सरकारलाई आग्रह गरेका छन्।

गोवामा भीषण आगलागी: अर्पोरा नाइटक्लबमा २३ जनाको मृत्यु

Nepal

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5