निर्वाचन २०८२ अपडेट: देशभर ‘घण्टी’को सुनामी, झापा-५ मा बालेन शाह र काठमाडौँमा रास्वपाको राम्रो अग्रता
काठमाडौं, २२ । फागुन मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुराना राजनीतिक किल्लाहरू भत्काउँदै ऐतिहासिक अग्रता लिएको छ। अहिले मतगणना सुरु भएका ४६ निर्वाचन क्षेत्रमध्ये ३६ स्थानमा रास्वपाका उम्मेदवारहरू अगाडि छन्।
प्रमुख क्षेत्रको ताजा मतपरिणाम:
१. झापा निर्वाचन क्षेत्र नं. ५ (हाई-भोल्टेज सिट): सबैको चासो रहेको झापा-५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निकै पछि परेका छन्।
– बालेन्द्र शाह (रास्वपा): १,४७८ मत
– केपी शर्मा ओली (एमाले): ३८४ मत
२. काठमाडौं निर्वाचन क्षेत्र नं. १: यहाँ रास्वपाकी रञ्जु दर्शनाले निकै फराकिलो मतान्तरले अग्रता लिएकी छन्।
– रञ्जु दर्शना (रास्वपा): ९,०७८ मत
– प्रबल क्षेत्री (कांग्रेस): ४,०८८ मत
३. काठमाडौं निर्वाचन क्षेत्र नं. ३: यो क्षेत्रमा रास्वपाका राजु पाण्डे र कुलमान घिसिङ बीच निकै कडा प्रतिस्पर्धा देखिएको छ।
– राजु पाण्डे (रास्वपा): ४,६४९ मत
– कुलमान घिसिङ (नेकपा): ३,३४१ मत
४. चितवन निर्वाचन क्षेत्र नं. २: रास्वपाका सभापति रवि लामिछानेले आफ्नो क्षेत्रमा सुरुवाती अग्रता कायम राखेका छन्।
– रवि लामिछाने (रास्वपा): ३,२६५ मत
– अस्मिन घिमिरे (एमाले): १,५१९ मत
५. भक्तपुर निर्वाचन क्षेत्र नं. २: भक्तपुर-२मा पनि रास्वपाको सुरुवाती अग्रता।
– राजीव खत्री (रास्वपा): ३,०६० मत
– महेश बस्नेत (एमाले): १,५७३ मत
परिवर्तनको संकेत: उपत्यकामा घण्टीको दबदबा
काठमाडौं उपत्यकाका १० निर्वाचन क्षेत्र मध्य मतगणनासुरु भएका सबै ९ वटामा रास्वपाका उम्मेदवारहरूले अग्रता लिएका छन्। निर्वाचन आयोगका अनुसार, शहरी क्षेत्रमा मात्र नभई ग्रामीण भेगका केही क्षेत्रमा पनि ‘घण्टी’ चिह्नप्रति आकर्षण बढेको देखिन्छ।
मुलुकभरका ५३ स्थानको प्रारम्भिक अवस्था हेर्दा रास्वपाले झण्डै ८०% क्षेत्रमा आफ्नो पकड जमाएको छ।




तपाईंको प्रतिक्रिया