शेयर विश्लेषकलाई हराउँदै बाँदरले बढी कमायो — लगानीमा भाग्यको प्रभाव कति?

काठमाडौं, साउन २६ — शेयर विश्लेषकलाई हराउँदै बाँदर ले छानेका स्टकहरू अनुभवी फण्ड म्यानेजरहरूका छानिएका स्टकभन्दा धेरै लाभदायक सावित भए। अब यही उदाहरणलाई लिएर नेपालमा पनि यस्तो प्रश्न उठ्न थालेको छ — हामीले लगानी गर्दा अनुभवको आधारमा लगानी गर्छौ कि अनुमानकोआधारमा ?
अध्ययन कसरी भयो?
१९९० को दशकमा अमेरिकाको एक प्रतिष्ठित वित्तीय अनुसन्धान संस्थाले प्रयोगस्वरूप बाँदरलाई डार्ट बोर्डमा स्टकको नामहरू टाँसिएको बोर्डमा डार्ट फाल्न लगाए। बाँदरले जुन स्टकमा डार्ट हानेको थियो, त्यही स्टकमा लगानी गरियो।
परिणामले सबैलाई चकित तुल्याय। एउटा बाँदरले छानेका स्टकहरूले वाल स्ट्रिटका अनुभवी विश्लेषक र फण्ड म्यानेजरहरूको नतिजालाई समेत उछिनेपछि लगानीमा भाग्यको प्रभाव कति हुन्छ भन्ने प्रश्न उठेको छ। यो परिणामले शेयर बजारको अप्रत्याशित र रहस्यमय स्वभावलाई स्पष्ट रूपमा उजागर गरेको छ।
यो नतिजाले विशेषज्ञहरूको मनमा खैलाबैला मच्चायो। केही विश्लेषकले यसलाई बजारको अनिश्चितता र भाग्यको खेल भनेर व्याख्या गरे। अरूले भने, “बजार बाहिरबाट जति जटिल देखिन्छ, त्यति जटिल नहुन सक्छ,” भन्दै बजारको विश्लेषणप्रति नयाँ दृष्टिकोण राखे।
अर्थशास्त्रीहरूका अनुसार: बजारको अनिश्चितता र अप्रत्याशित उतारचढावका कारण लगानीको परिणाम पूर्ण रूपमा विश्लेषणमा मात्र निर्भर हुँदैन।
अध्ययनपछि उक्त बाँदरलाई “Wall Street Monkey” नाम दिइयो। उसको “लगानी सफलता” को कारणले अमेरिकी टेलिभिजन शोहरूमा समेत बोलाइएको थियो।
विश्वकै उच्च कैदी संख्या: अमेरिका शीर्षमा, जेल प्रणाली सुधारको बाटो खोज्दै
यो घटनाले शेयर बजारमा विश्लेषणको महत्त्व भए पनि भाग्यको भूमिका पनि उत्तिकै हुने कुरा उजागर गरेको छ। नेपाली लगानीकर्ताहरूका लागि यो एउटा सन्देश हो — बजारमा लगानी गर्दा गहिरो अध्ययन र विश्लेषण जरुरी छ, तर कहिलेकाहीँ भाग्यले पनि ठूलो भूमिका खेल्छ।
सुझाव: शेयर बजारमा लगानी गर्नुअघि आफ्नो अनुसन्धान गर्नुहोस्, तर बजारको अनिश्चिततालाई पनि स्वीकार गर्न तयार रहनुहोस्।
तपाईंको प्रतिक्रिया