Gen Z कूप योजना : अमेरिकी सरकारले “Gen Z” समूहलाई “कु” प्रयासको तयारीका लागि वित्तीय सहयोग गर्दै प्रशिक्षण दिएको तथ्य उजागर
काठमाडौं, २५ मंसिर – THE GREYZONE ले लीक भएका दस्तावेजहरूको अध्ययन पछि अमेरिकी सरकारले हिंसात्मक “कु” प्रयासको तयारीका क्रममा नेपाली युवा समूहहरूलाई गुप्त रूपमा वित्तीय सहयोग गर्दै प्रशिक्षण दिएको तथ्य उजागर गरेको छ। “Gen Z” नामक उक्त युवा समूहलाई अमेरिकाले काठमाडौंमा चीन र भारतको प्रभावलाई कमजोर पार्ने उद्देश्यले तयार गरेको देखिन्छ।
लीक भएका दस्तावेजअनुसार The US government’s National Endowment for Democracy (NED) ले September 2025 मा नेपालमा भएको हिंसात्मक “कु” प्रयास भन्दा अघि दर्जनौँ नेपाली युवालाई “प्रदर्शन र आन्दोलन संगठन गर्ने रणनीति र सीप” सम्बन्धी प्रशिक्षण दिन सयौँ हजार डलर खर्च गरेको खुलासा भएको छ। उक्त “कू” का परिणामस्वरूप नेपाल सरकार नै उल्टाइएको थियो।
दस्तावेजहरूले NED अन्तर्गतको International Republican Institute (IRI) ले गोप्य रूपमा सञ्चालन गरेको अभियान उजागर गर्छ, जसको उद्देश्य अमेरिकी हितलाई समर्थन गर्ने गरी नेपाली युवा-राजनीतिक कार्यकर्ताहरूको एउटा “network” तयार गर्नु थियो। लीक फाइलहरूका अनुसार, IRI को कार्यक्रमले “सक्रिय युवाहरू र राजनीतिक नेताहरूलाई जोड्ने” तथा “अभियान र आन्दोलन कसरी सुरु गर्ने भन्ने विषयमा विस्तृत प्रशिक्षण प्रदान गर्ने” व्यवस्था गरेको थियो।
NED को छातामुनि आयोजना गरिएका आन्दोलनहरू IRI तथा त्यसका स्थानीय साझेदारहरूले छानेका मुद्दाहरूमा केन्द्रित हुने बताइएको छ, ताकि “नेपालको लोकतन्त्रप्रति अमेरिकाको चासो सम्वोधन” हुने IRI को रिपोर्टमा उल्लेख छ। The Grayzone का अनुसार, IRI ले बंगलादेशमा पनि यस्तै प्रयास गरेको थियो, जसले August 2024 मा त्यहाँ कुप्रयास गर्न सहयोग पुगेको थियो।
पत्रकार Kit Klarenberg ले December 10, 2025 मा The Grayzone मार्फत Gen Z कूप योजना को विषयमा विस्तृत छानबिन-आधारित खुलासा गरेका छन्।
यस विषयलाई Sputnik India, The Economist, The Guardian Life जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले समेत कभर गरेका छन्।
References :
US regime change front funded Nepalese youth revolutionaries, leaks reveal




तपाईंको प्रतिक्रिया