नेपाली क्रिकेटर सन्दीप लामिछाने CAN को सम्झौताबाट अलग हुने निर्णय

‘क्यानको केन्द्रिय सम्झौताबाट अलग, तर देश र क्रिकेटसँगै छु’—नेपाली खेलाडीको फेसबुक पोस्ट
काठमाडौं, वैशाख ३१ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले क्रिकेट संघ (CAN) क्यानको केन्द्रिय सम्झौता बाट यसपटक अलग रहने निर्णय गरेका छन्। तर उनले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढिनु नभई व्यक्तिगत र व्यावसायिक विकासको दिशामा अगाडि बढ्ने अवसरका रूपमा वर्णन गरेका छन्।
फेसबुकमा लेख्दै उनले भनेका छन्, “After much thought, I’ve decided not to continue under the central contract of the Cricket Association of Nepal for this time. This isn’t a step away from cricket or my nation—it’s a step toward evolving personally and professionally.”
उनको यो निर्णयले धेरैलाई चकित पार्न सक्छ, तर उनले आफू क्रिकेट र राष्ट्रप्रति सदैव समर्पित रहने प्रस्ट पारेका छन्। “My loyalty to my country, and my passion for the game, will always stay at the core of everything I do,” भन्दै उनले यो यात्रा अझ ऊर्जा र खुला मनसहित अगाडि बढ्ने बताएका छन्।
क्यानप्रति कृतज्ञता, क्रिकेट यात्राको अर्को अध्याय सुरू हुने संकेत
पोस्टमा उनले क्रिकेट संघ (CAN) प्रति आभार प्रकट गर्दै लेखेका छन्, “I’m deeply grateful to CAN for their continuous support throughout my journey. Their role in shaping Nepal cricket and my own growth has been significant.”
उनले यो यात्रालाई अन्त्य नभई रुपान्तरणको चरणका रूपमा लिएका छन्। “Life is a journey full of evolving paths and responsibilities. There’s still so much to explore, so much to give, and so much to become,” उनले लेखेका छन्।
अबको यात्रा : क्रिकेटसँगै, जीवनको नयाँ मोडतिर
यो क्यानको केन्द्रिय सम्झौता बाट अलग हुने घोषणाले उनले अब केही समय केन्द्रिय अनुबन्धनबाहिर रहेर व्यक्तिगत प्रगति, नयाँ जिम्मेवारी र सम्भावित अन्तर्राष्ट्रिय अवसरहरूमा केन्द्रित हुने संकेत दिएको देखिन्छ। तर उनले प्रस्ट पारेका छन् कि क्रिकेटप्रतिको समर्पण र राष्ट्रिय गौरव सधैँ उनको कामको मूलमा रहनेछ।
पोस्टको अन्त्यमा उनले लेखेका छन्, “The journey continues—with new energy and an open heart. Thank you for always believing in me.”
तपाईंको प्रतिक्रिया