अख्तियारको डण्डा चल्दा टेलिकममा खैलाबैला: एमडी पहाडीसहित १८ लाई भ्रष्टाचार मुद्दा

 जेठ २६, २०८२

✍ लेखा खबर संवाददाता


नेपाल टेलिकमकी संगीता पहाडी २ लाख धरौटीमा रिहा

काठमाडौं, जेठ २५ – नेपाल टेलिकमभित्रको आर्थिक अनियमितता सम्बन्धी गहन अनुसन्धानपश्चात् अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनामाथि ३३ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेको छ।

आयोगका उच्च स्रोतका अनुसार, यो मुद्दाको फाइल विशेष अदालतमा पेश भइसकेको छ। प्रस्तुत भ्रष्टाचार आरोपमा टेलिकमको बिलिङ प्रणाली र त्यसको मर्मत शुल्कमा गरिएको अनियमितता मुख्य विषय रहेको जनाइएको छ। यसमा चिनियाँ कम्पनी एसिया इन्फोसँगको मिलेमतोमा आर्थिक हिनामिना भएको भनिएको छ।

अख्तियारको छानबिनले पहाडीसहितको समूहले ‘नेगोसियसन’ (मोलमोलाई) प्रक्रियाको आडमा बिलिङ प्रणालीमार्फत नेपाल टेलिकमलाई ठूलो आर्थिक क्षति पुर्‍याएको निष्कर्ष निकालेको छ। यो अनियमितताका कारण कम्पनीले वार्षिक ६० करोड रुपैयाँभन्दा बढी घाटा बेहोर्नु परेको आयोगको प्रतिवेदनमा उल्लेख छ।

यस प्रकरणमा विस्तृत अनुसन्धानका क्रममा अख्तियारले पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्याल, दुई जना सहसचिव लगायत करिब ३० जना कर्मचारी तथा नेपाल टेलिकम सञ्चालक समितिका विभिन्न पदाधिकारीहरूसँग सोधपुछ तथा बयान लिएको थियो।

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?