अमेरिकाको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको ज्यान गयो
काठमाडौँ, असार ३१, — अमेरिका स्थित लुइजियाना राज्यमा भएको एक कार दुर्घटनामा दुई नेपाली युवाको ज्यान गएको छ।
दुर्घटनामा परेर २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली को मृत्यु भएको पुष्टि भएको छ। उनीहरू लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत थिए।
स्थानीय समयअनुसार असार २९ गते राति करिब ९ बजे, वर्षाका कारण सडक चिप्लिएर उनीहरू सवार कार रूखमा ठोक्किएको र त्यसपछि आगलागी भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको समयमा कार यादवले चलाइरहेका थिए, जसमा ओलीसहित थप दुई जना पनि सवार थिए।
प्रहरीका अनुसार यादव र ओलीको घटनास्थलमै मृत्यु भएको हो, भने अन्य दुई जना घाइते भएका छन् र हाल स्थानीय अस्पतालमा उपचाररत छन्।
ठेगाना नखुले पनि दुबै नेपाली नागरिक
दुर्घटनामा परेका दुबै युवक नेपालका नागरिक हुन् भन्ने पुष्टि भए तापनि उनीहरूको नेपालको ठेगाना हालसम्म खुलाइएको छैन।
स्थानीय समाचार साइटहरू, जस्तै माईआर्कलामिस डटकम र अन्य अनलाइन मिडियाले घटनाबारे विस्तृत रिपोर्ट सार्वजनिक गरेका छन्।
विश्वविद्यालयको श्रद्धाञ्जली
लुइजियाना टेक विश्वविद्यालयले घटनापछि औपचारिक शोक विज्ञप्ति जारी गर्दै दिवंगत विद्यार्थीहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ।
विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसन ले फेसबुकमार्फत लेखेका छन्,
“हामीले हेरचाहलाई मूल्यवान आदर्शको रूपमा अँगालेका छौं। सधैं एकअर्काको हेरचाह गरिरहनुहोस्।”
विद्यार्थीहरूको मानसिक अवस्था ध्यानमा राख्दै विश्वविद्यालयले परामर्श सेवा उपलब्ध गराएको पनि जनाएको छ।
अमेरिकी यात्रा प्रतिबन्ध को साङ्लोमा भुटानसहित ३६ राष्ट्र
अनुसन्धान जारी
अमेरिकी प्रहरीले दुर्घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
नेपालस्थित सम्बन्धित निकायले पनि घटनाको विवरण संकलन गर्न पहल थालेको अनुमान गरिएको छ।




तपाईंको प्रतिक्रिया