भक्तपुर मालपोतका प्रमुख २४ लाख घुससहित पक्राउ, फाइल रोक्दै मागिएको थियो रकम

 श्रावण ०१, २०८२

✍ लेखा खबर संवाददाता


भक्तपुर मालपोत कार्यालयमा अख्तियारले गरेको घुस समातिएको दृश्य

चाँगुनारायणको १४ रोपनी जग्गाको लगतकट्टाको साटोमा २४.५० लाख घुस, अख्तियारले स्टिङ अपरेसनमार्फत समाते

काठमाडौँ, असार ३१, – काठमाडौं उपत्यकाभित्र मालपोत कार्यालयमा भ्रष्टाचारको श्रृंखला फेरि उजागर भएको छ। भक्तपुर मालपोत कार्यालयका प्रमुख अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई २४ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो।

अख्तियारको टोलीले मंगलबार दिउँसो कार्यालयबाटै उनीहरूलाई रंगेहात समातेको जनाएको छ। रकम भने कार्यालय सहयोगी राउतको साथबाट फेला परेको हो। प्रारम्भिक अनुसन्धानअनुसार प्रमुख अधिकृत आचार्यकै निर्देशनमा रकम संकलन गरिएको पुष्टि भएको आयोगले जनाएको छ।

फाइल रोकेर घुस मागिएको विषय चाँगुनारायण नगरपालिकामा पर्ने १४ रोपनी ४ आना जग्गाको मोही र तलसिङ प्रक्रिया (लगतकट्टा) सँग सम्बन्धित थियो। अख्तियारले पाएको विशेष सूचनाका आधारमा स्टिङ अपरेसन सञ्चालन गरिएको थियो। अपरेशनपछि दुईवटा मोबाइल समेत जफत गरिएको छ।

सार्वजनिक खरिद प्रणालीमा सुधारको माग: समृद्धिको मेरुदण्ड कि भ्रष्टाचारको ढोका?

यो घटनाले मालपोत कार्यालयहरूमा व्याप्त भ्रष्टाचारप्रति पुनः प्रश्न उठाएको छ। जग्गा कारोबारमा हुने ढिलाइ र अवैध लेनदेनले सर्वसाधारण अझै पीडित छन्।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5