भक्तपुरमा एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई दिदीबहिनी मृत फेला

 श्रावण ०, २०८२

✍ लेखा खबर संवाददाता


डेराको सुनसान गल्ली र प्रहरी अनुसन्धान दृश्य — भक्तपुर घटनाको प्रतीकात्मक तस्वीर

किशोरीहरू डेरामा झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरी अनुसन्धान तीव्र, घटना रहस्यमय

काठमाडौं, साउन ८ – भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८, बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएका दुई दिदीबहिनी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। भक्तपुरमा एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला पर्नेमा १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया श्रृजना कँडेल रहेका छन्। उनीहरू चक्रधर प्रजापतिको दुई तले घरको भुइँ तलामा डेरा लिएर बस्दै आएका थिए।

बिहानै झुण्डिएको अवस्थामा फेला

सुर्खेतका दुवै किशोरी बिहान ६:४५ बजे घरकै प्यासेजमा एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
घटनास्थलमा तत्कालै प्रहरी टोली पुगेको थियो र घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ।

तीन महिनामा २,३२६ विपद् घटना, १०२ जनाको मृत्यु

घटनाको कारण खुल्न बाँकी

हालसम्म घटनाको स्पष्ट कारण खुलेको छैन। न आत्महत्या हो वा अन्य कुनै कारण, त्यो पुष्टि हुन बाँकी रहेको छ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5