विश्व प्रविधि सूचकांक (Index) 2024/2025: प्रविधिमा सिंगापुरदेखि दक्षिण कोरिया उच्च स्थानमा, नेपाल कहाँ?

 श्रावण १२, २०८२

✍ लेखा खबर संवाददाता


प्रविधिमा अग्रणी राष्ट्रहरू र प्रविधि सूचकांकको तुलनात्मक चित्र

डिजिटल पूर्वाधार, नवप्रवर्तन(Innovation), साइबर सुरक्षा र R&D को सूचकांकमा कुन देश कति अगाडि छन्?


काठमाडौं, साउन ११ – विश्वको प्रतिस्पर्धात्मकताको मापनमा अब प्रविधि एक महत्वपूर्ण आधार बन्न पुगेको छ। नवप्रवर्तन(innovation), अनुसन्धान, डिजिटल पहुँच र साइबर सुरक्षाजस्ता पक्ष समेट्ने विभिन्न अन्तर्राष्ट्रिय प्रविधि सूचकांकहरूले देशको शक्ति र सम्भावनाको आँकलन गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

यहाँ प्रस्तुत छ विश्वभर चर्चित ६ प्रमुख प्रविधि सूचकांक(Index) हरू र तिनमा रहेका शीर्ष देशहरूको अवस्थितिः

१. ग्लोबल इन्नोभेसन इन्डेक्स (Global Innovation Index – GII)

  1. प्रकाशक: विश्व बौद्धिक सम्पदा संगठन (WIPO)
  2. के मापन गर्छ?: अनुसन्धान, मानव पूँजी, पेटेन्ट उत्पादन, प्रविधि नवप्रवर्तन
  3. २०२४/२५ शीर्ष ५ देशहरू:
    • स्विट्जरल्यान्ड
    • स्वीडेन
    • अमेरिका
    • बेलायत
    • सिंगापुर

दक्षिण कोरिया र जापानजस्ता देशहरू प्रविधिमा नवप्रवर्तनका लागि शीर्ष १० मा पर्छन्।

२. डिजिटल प्रतिस्पर्धा सूचकांक (IMD World Digital Competitiveness Ranking)

  1. प्रकाशक: IMD, स्विट्जरल्यान्ड
  2. के मापन गर्छ?: डिजिटल पूर्वाधार, नीतिगत सुधार, प्रविधि अपनाउने गति
  3. २०२४/२५ शीर्ष ५ देशहरू:
    • डेनमार्क
    • सिंगापुर
    • स्विट्जरल्यान्ड
    • अमेरिका
    • दक्षिण कोरिया

सिंगापुरको “स्मार्ट नेशन” अभियानले अग्रता दिएको छ।

३. ग्लोबल फाइनान्स टेक्नोलोजी स्कोर (Technologically Advanced Score)

  1. प्रकाशक: Global Finance
  2. के मापन गर्छ?: R&D, पेटेन्ट संख्या, प्रविधि उत्पादन
  3. २०२४/२५ स्कोरका आधारमा शीर्ष ५ देशहरू:
    • जापान (८०)
    • अमेरिका (७८)
    • दक्षिण कोरिया (७१)
    • जर्मनी (४३)
    • सिंगापुर (४०)

जापानको रोबोटिक्स र अमेरिकाको AI अनुसन्धान विशेष योगदानकर्ता हुन्।

४. नेटवर्क रेडिनेस इन्डेक्स (Network Readiness Index – NRI)

  1. प्रकाशक: Portulans Institute
  2. के मापन गर्छ?: डिजिटल पहुँच, इन्टरनेट सेवा, नीति कार्यान्वयन
  3. २०२४/२५ शीर्ष ५ देशहरू:
    • सिंगापुर
    • फिनल्यान्ड
    • डेनमार्क
    • स्वीडेन
    • अमेरिका

फिनल्यान्डको बलियो मोबाइल इन्टरनेटले यो स्थान सुनिश्चित गरेको छ।

५. ब्लुमबर्ग इन्नोभेसन इन्डेक्स (Bloomberg Innovation Index)

  1. प्रकाशक: Bloomberg
  2. के मापन गर्छ?: R&D, उत्पादकता, प्रविधिको घनत्व
  3. २०२४/२५ शीर्ष ५ देशहरू:
    • दक्षिण कोरिया
    • जर्मनी
    • स्वीडेन
    • इजरायल
    • जापान

दक्षिण कोरियाको सेमिकन्डक्टर र इजरायलको साइबर स्टार्टअप नेतृत्वदायी।

६. ग्लोबल साइबरसुरक्षा इन्डेक्स (Global Cybersecurity Index – GCI)

  1. प्रकाशक: ITU (अन्तर्राष्ट्रिय दूरसञ्चार संघ)
  2. के मापन गर्छ?: साइबर नीति, कानुनी संरचना, सुरक्षात्मक पूर्वाधार
  3. २०२४/२५ शीर्ष ५ देशहरू:
    • अमेरिका
    • बेलायत
    • इजरायल
    • सिंगापुर

इजरायल साइबर सुरक्षाको अग्रपंक्तिमा छ।

नेपालको अवस्था:

नेपाल हाल प्रविधि विकासका यस्ता अन्तर्राष्ट्रिय सूचकांकहरूमा पछि परेको छ।

  1. GII 2024 मा नेपाल: करिब १३० देशमध्ये १००औं स्थान
  2. NRI मा नेपाल: मोबाइल इन्टरनेट प्रयोग बढ्दो भए तापनि इन्टरनेट गति, साइबर सुरक्षा, नीति कार्यान्वयन कमजोर।

तर केही सुधार देखिँदैछ:

  1. मोबाइल बैंकिङ, फोनपे–खल्तीजस्ता डिजिटल भुक्तानीको प्रचलन
  2. युवा पुस्तामा स्टार्टअपको रुचि
  3. निजी क्षेत्रबाट प्रविधिमा लगानी

क्यान्सर, एचआईभी, र अन्य रोग परीक्षण अब घरमै सम्भव

विश्वभर साना तर रणनीतिक दृष्टिकोण भएका देशहरू (जस्तै: सिंगापुर, इजरायल) प्रविधिमा शीर्ष स्थानमा छन्। नेपालले पनि

  1. दीर्घकालीन प्रविधि नीति
  2. R&D मा लगानी
  3. प्राविधिक जनशक्ति विकास
    मार्फत आफूलाई प्रविधि प्रतिस्पर्धामा लैजान सक्छ।

तपाईंको प्रतिक्रिया