खोटाङका मेयर काठमाडौं आइपुगे, माइतीघरमा बाँस र स्थानीय स्रोतको संरक्षणको माग गर्दै सत्याग्रह

 श्रावण १२, २०८२

✍ लेखा खबर संवाददाता


खोटाङका मेयर काठमाडौं आइपुगे, माइतीघरमा बाँस र स्थानीय स्रोतको संरक्षणको माग गर्दै सत्याग्रह

बाँस बोकेर सिंहदरबार पुगे, माइतीघर सारिए

काठमाडौं, साउन ११– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईले आइतबार (साउन ११ गते) बिहानदेखि काठमाडौंको माइतीघर मण्डलामा स्थानीय स्रोतको संरक्षण र उपयोगका लागि सत्याग्रह सुरु गरेका छन्।

उनले सात बुँदे मागसहित तीन दिनको अनशन थालेका छन्, जसको केन्द्रमा बाँसलाई आर्थिक समृद्धिको आधारका रूपमा मान्यता दिई राष्ट्रिय नीति निर्माणको माग छ।

भट्टराईले तीन दिनसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अनशन बस्ने घोषणा गरेका छन्। माग सम्बोधन नभए साउन १५ गतेदेखि बिहान ९ बजेदेखि अनिश्चितकालीन आमरण अनशन थाल्ने बताएका छन्।

सत्याग्रहको सुरुआतमा उनले टाउको खौरिएर हातमा बाँस बोकेर सिंहदरबारको दक्षिण गेट पुगेका थिए। तर प्रहरीद्वारा उनलाई माइतीघर मण्डलामा सारिएको हो। हाल उनी त्यहीँ बाँस र परम्परागत चटाई बिछाएर अनशनमा बसेका छन्।

उनी साउन ५ गते नै खोटाङबाट काठमाडौं आएका थिए। साथमा बाँसका परम्परागत चटाई र परालका मुढा ल्याएका छन्।

उनका मागहरूमा बाँस र अन्य स्थानीय कच्चा पदार्थको उपयोग गरी आयआर्जनको वातावरण बनाउने, सङ्‍घीय सरकारको बेवास्ता अन्त्य गर्नुपर्ने, बाँससम्बन्धी सङ्‍घीय कानुन बनाउने, सार्वजनिक कार्यालयमा बाँसबाट बनेका सामग्री प्रयोगको मापदण्ड तय गर्ने, र वातावरणमैत्री निर्माणमा बाँस, काठ, कपडा तथा परम्परागत सामग्री प्रयोग अनिवार्य गर्ने विषयहरू छन्। जसले स्थानीय स्रोतको संरक्षण मा टेवा पुर्याउने उनको विश्वास छ।

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड, पूर्वाधार र सामाजिक विकासमा जोड(आर्थिक वर्ष २०८२/८३ तालिका )

मेयर भट्टराईले भनेका छन्, “सरकार गम्भीर नभए म देहत्याग गर्न तयार छु।”

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5