सरुवा पछि कार्यस्थलमा नपुगेपछि गृह मन्त्रालयद्वारा २३ कर्मचारीलाई २४ घण्टे उर्दी (सूचीसहित)

काठमाडौं, साउन १६ – गृह मन्त्रालयको २४ घण्टे उर्दी अनुसार, सरुवा तथा पदस्थापन भइसकेका तर तोकिएको कार्यस्थलमा एक महिनासम्म पनि हाजिर नभएका २३ जना कर्मचारीलाई २४ घण्टाभित्र उपस्थित हुन अन्तिम सूचना जारी गरिएको छ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबारको निर्णयअनुसार यो उर्दी जारी गरेको हो। वेभ पोर्टलमार्फत सार्वजनिक गरिएको सूचीमा १८ जना शाखा अधिकृत र ५ जना नायब सुब्बा रहेका छन्, जो तोकिएको मितिमा कार्यस्थलमा हाजिर नभएको मन्त्रालयले जनाएको छ।
विभिन्न मितिमा भएका सरुवाः
- असार १६ मा निर्णय भएका – १ जना शाखा अधिकृत
- असार १८ मा निर्णय भएका – ७ जना शाखा अधिकृत
- साउन ७ मा निर्णय भएका – १० जना शाखा अधिकृत
- असार १८ मा निर्णय भएका – ५ जना नायब सुब्बा
उनीहरूलाई मन्त्रालयले २४ घण्टाभित्र तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो। समयमा कार्यस्थलमा नपुगेका कर्मचारीहरूमाथि मन्त्रालयले प्रशासनिक कारबाहीको संकेत समेत गरेको छ।

मृगस्थली झरना विकास : बजेट र ठेक्का बीचको रहस्य र स्थानीयको निराशा
गृह मन्त्रालयले स्पष्ट रूपमा उल्लेख गरेको छ कि कर्मचारीहरूले सरुवा निर्णयको पालना नगर्दा प्रशासनिक अनुशासनमा प्रतिकूल असर पर्ने भएकाले यस्तो कदम चालिएको हो।
तपाईंको प्रतिक्रिया