मर्दी हिमालका ‘चिया काका’: संघर्षदेखि होटल व्यवसायसम्मको सफल यात्रा

 श्रावण १७, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौं, साउन १६ – मर्दी हिमाल ट्रेकको भ्यू पोइन्टमा पर्यटकलाई तातो चिया दिएर परिचित टंकप्रसाद गौतम, अर्थात् ‘चिया काका’, पछिल्लो तीन वर्ष देखि सिदिङमा होटल व्यवसायमा पनि सक्रिय छन्।खुल्ला आकाश मुनि चिया बेचेर सुरु भएको उनको यात्रा अहिले  सिदिङमा रहेको होटल र लजमा केन्द्रित छ।

कठिन सुरुवात र निरन्तर संघर्ष

विदेशमा १७ वर्ष काम गरेर गाउँ फर्केपछि टंकप्रसादले मर्दी हिमालको भ्यु पोइन्टमा खुल्ला आकाश मुनि चिया पसल सुरु गरेका थिए। हाइक्याम्पबाट बोकेर लागेको पनि चिसोले जमेको हुँदा कहिले हिउँ पगालेर चिया बनाउँदै पर्यटकलाई सेवा दिएको अनुभव उनि सुनाउँछन् । उनले यो काम १० वर्षसम्म निरन्तर चलाए अहिले पनि अवसर अनुसार स्वयं चियापसलको व्यवस्थापनमा पुग्ने गर्छन् |

होटल व्यवसायको विस्तार

१० वर्ष बिताएपछि करिब ३ वर्षअघि मर्दी यात्रामार्गको तल्लो भाग सिदिङमा उनले आफ्नै होटल र लज स्थापना गरे। अहिले चियापसललाई एकजना कर्मचारीको जिम्मामा दिएर उनी होटल व्यवस्थापनमा सक्रिय छन्। उनि भन्छन् १० बर्ष सम्म मैले कठोर परिस्थितिमा काम गरे अहिले होटल संचालनमा पनि व्यवस्थापनका चुनौतीहरू छन् तर पहिला भन्दा सहज छ | 

परिवारसँगको सहकार्य

टंकप्रसादको व्यवसायमा परिवारको महत्वपूर्ण भूमिका छ। उनकी श्रीमती, छोरी, बुवा–आमा र बहिनीहरूले सल्लाह र समर्थन दिएका छन्। उनी भन्छन्, “परिवार सबैजना व्यवसायमा सीधै संलग्न नभए पनि साथ दिएका छन्, जुन ठूलो सहारा हो।” परिवारसँगको सहकार्यले व्यवसाय सञ्चालनमा बढ़ुवा मिलेको छ।

सामाजिक र व्यक्तिगत परिवर्तन

चिया पसलबाट होटलसम्म को उनको यात्राले गाउँको पहिचान र पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। पर्यटकहरूलाई हाल चियापसलतिर नभई होटलमा सेवा दिन पाउने भएकोमा ठूलो समृद्धि महसुस गर्छन्। अनुभवले देखाएको छ कि होटल व्यवसायमा जनशक्ति व्यवस्थापन, सेवा गुणस्तर र ग्राहक सन्तुष्टिमा निरन्तर ध्यान दिनु आवश्यक हुन्छ।

जीपीए ४, सपना हजार: सर्जिनाको सशक्त कथा

टंकप्रसाद गौतम अर्थात ‘चिया काका’को यो यात्रा कठिनाइ, धैर्य र परिवारको माया र साथबाट सिर्जित सफलताको कहानी हो। उनका लागि व्यवसाय मात्र आम्दानीको माध्यम नभई आफ्नो गाउँमा रोजगारी र पहिचान स्थापित गर्ने माध्यम बनेको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5