ताप्लेजुङमा गमबुटको विवादले ल्यायो बिदारक अन्त्य, दाइले गरे भाइको हत्या

काठमाडौं, साउन १७ – ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा गमबुटको विषयमा भएको सामान्य विवादले ज्यान लिने घटनामा परिणति भएको छ। एक दाइले आफ्नै भाइको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आठराई त्रिबेणी गाउँपालिका–४ चाँगेका २२ वर्षीय मनकुमार विकले २० वर्षीय भाइ रोशन विकमाथि खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
प्रहरीका अनुसार भाइ र दाइबीच गमबुटको विषयमा सामान्य भनाभन भएको थियो। त्यसक्रममा आक्रोशित मनकुमारले खुकुरी प्रहार गर्दै रोशनको पेटमा गम्भीर चोट पुर्याएका थिए। घटनास्थलमै रोशनको मृत्यु भएको पुष्टि भएको छ।
बहुविवाहको कानूनी प्रस्ताव विरुद्ध बिनु यादवको आमरण अनशन
हत्या अभियोगमा मनकुमारलाई खुकुरीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको प्रतिक्रिया