राष्ट्रिय परिचयपत्र ऐन संशोधन: अब जन्म, विवाह, मृत्युलगायत पाँच प्रमाणपत्र एकपटकलाइ सच्याउन मिल्ने

काठमाडौं, साउन १८ – नेपाल सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा महत्वपूर्ण संशोधन गर्दै अब जन्मदेखि सम्बन्धविच्छेदसम्म का विवरणहरू सच्याउने नयाँ व्यवस्था लागू गरेको छ। यो संशोधनसँगै अब नागरिकले जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, बसाइँसराइ दर्ता र सम्बन्धविच्छेद दर्ता प्रमाणपत्रमा उल्लिखित विवरण एकपटकका लागि सच्याउन सक्नेछन्।
सरकारले दर्जनौँ नेपाल ऐनहरू संशोधन गर्ने विधेयक संसदबाट पारित गरी हालै राजपत्रमा प्रकाशित गरेसँगै राष्ट्रिय परिचयपत्रसम्बन्धी यो नयाँ कानुनी प्रावधान पनि आधिकारिक रूपमा लागू भएको हो।
प्रमाणपत्र सच्याउने प्रक्रिया
संशोधित दफा २५ को उपदफा (१) अनुसार, यदि कुनै नागरिकले आफ्नो व्यक्तिगत घटना दर्ता प्रमाणपत्रमा नाम, थर, उमेर वा अन्य विवरणमा त्रुटि भएको पाएमा, तोकिएको ढाँचामा निवेदन दिएर एकपटकका लागि त्यसलाई सच्याउन सक्नेछन्। यसका लागि उनीहरूले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा निवेदन दिनुपर्नेछ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक शिवराज सेडाइँका अनुसार, यसअगाडि यो सुविधा २०७६ सालपछि जन्मेका बालबालिकाको विवरण सच्याउन मात्र सीमित थियो। अब भने सबै उमेरका र सबै प्रकारका प्रमाणपत्रमा लागू गरिएको छ।
के के प्रमाणपत्र सच्याउन मिल्ने?
नयाँ व्यवस्थाले निम्न पाँच प्रकारका व्यक्तिगत घटना प्रमाणपत्रमा त्रुटि भएमा सच्याउन दिने व्यवस्था गरेको छ:
- जन्मदर्ता प्रमाणपत्र
- मृत्युदर्ता प्रमाणपत्र
- विवाह दर्ता प्रमाणपत्र
- बसाइँसराइ प्रमाणपत्र
- सम्बन्धविच्छेद प्रमाणपत्र

यद्यपि, नागरिकता प्रमाणपत्र वा शैक्षिक योग्यताको विवरण भने यस संशोधनले समेट्दैन। ती विवरण सच्याउनका लागि आ-आफ्ना सम्बन्धित ऐन तथा नियमावलीअनुसार छुट्टै प्रक्रिया अपनाउनुपर्नेछ।
बहुविवाहको कानूनी प्रस्ताव विरुद्ध बिनु यादवको आमरण अनशन
यसअघि ऐनमा यस्तो स्पष्ट व्यवस्था नभएकाले नागरिकलाई त्रुटिपूर्ण प्रमाणपत्र सच्याउन कठिनाइ हुँदै आएको थियो। स्थानीय पञ्जिकाधिकारीहरू पनि कानुनी अभावका कारण अन्योलमा परेका थिए। अहिलेको संशोधनले व्यवहारिक समस्याको समाधान गर्ने विश्वास गरिएको छ।
तपाईंको प्रतिक्रिया