आँखाबाट मेरुदण्डको ट्युमर निकाल्ने विश्वकै पहिलो शल्यक्रिया, अमेरिकामा ऐतिहासिक सफलता

 श्रावण २१, २०८२

✍ लेखा खबर संवाददाता


नेउरो सर्जरीमा आँखाबाट ट्युमर हटाउने दृश्य, न्यूनतम चिरफार विधि

काठमाडौं, साउन २० – न्युरोसर्जरीको क्षेत्रमा विश्वकै पहिलो पटक, अमेरिकाको युनिभर्सिटी अफ म्यारिल्याण्ड मेडिकल सेन्टरका शल्य चिकित्सकहरूले एक युवतीको आँखाबाट मेरुदण्डको ट्युमर हटाउने शल्यक्रियामा सफलता हात पारेका छन्। आँखाको भित्रबाट spinal access गरी ट्युमर निकालिएको यो शल्यक्रिया चिकित्सा इतिहासमै पहिलो हो।

१९ वर्षीया कार्ला फ्लोरेस नामकी युवतीको घाँटीको हाड (cervical spine) वरिपरि आक्रामक प्रकारको chordoma ट्युमर थियो, जसले उनको स्पाइनल कोर्डलाई खतरनाक रूपमा दबाइरहेको थियो। परम्परागत शल्यक्रिया विधिबाट यस्तो ट्युमर निकाल्न खोज्दा मस्तिष्कका संवेदनशील भागहरू र रक्तनलीहरूमा क्षति पुग्ने जोखिम अत्यधिक हुने देखिएको थियो।

आँखाबाट ट्युमर निकाल्ने नयाँ बाटो: पहिलोपटक मेरुदण्डमा प्रयोग

यस समस्याको समाधानस्वरूप डाक्टर मोहम्मद ए.एम. लाबिबको नेतृत्वमा रहेको बहु–विषयगत चिकित्सक टोलीले ट्रान्सअर्बिटल सर्जरी (transorbital approach) अपनाए, जुन प्रविधि पहिला मस्तिष्कको शल्यक्रियामा त प्रयोग भइसकेको थियो, तर मेरुदण्डको शल्यक्रियामा यो पहिलोपटक प्रयोग गरिएको हो।

नयाँ प्रविधिबाट यी उपलब्धि हासिल

१९ घण्टाको शल्यक्रियामा आँखाको गहिरो भाग हुँदै न्युरो सर्जनहरूले ट्युमरसम्म पुग्ने सर्जिकल मार्ग निर्माण गरे जसले:

  1. शरीरमा बाहिरी कुनै पनि काटमार (incision) गर्नु परेन, जसले गर्दा शल्यक्रियापछि कुनै पनि दाग (no visible scars) नरहने
  2. मस्तिष्कका मुख्य नशा तथा रक्तनलीहरू सुरक्षित राख्न सकियो
  3. ट्युमर पूर्णरूपमा हटाउन सम्भव भयो

यो अद्भुत उपलब्धि क्याडेभर परीक्षण (cadaver-based training) र अत्याधुनिक सर्जिकल योजनाबद्धताबाट सम्भव भएको चिकित्सकहरूको भनाइ छ।

शल्यक्रिया पछि कार्लाको नयाँ जीवन

शल्यक्रियापछि कार्ला फ्लोरेसले प्रोटोन रेडिएसन थेरापी र स्पाइनल फ्युजन सर्जरी समेत गराइन्। अहिले उनी २० वर्षको उमेरमा पूर्णरूपमा क्यान्सरमुक्त भएकी छन् र सामान्य जीवनतर्फ फर्किरहेकी छन्।

नाबालिगको डिम्ब बिक्री प्रकरण: होप फर्टिलिटी क्लिनिकमाथि अनुसन्धान, तीन चिकित्सकसहित पाँच जना ‘सीआईबी’को निगरानीमा

चिकित्सक टोलीले यो शल्यक्रिया केवल कार्लाको जीवन बचाउन मात्र नभई, न्युरोसर्जरीको क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खोलेको ठहर गरेका छन्। एउटै टिम, साहस, र शरीरको सटीक ज्ञान प्रयोग गरेर अब त्यस्ता भागहरूमा पनि पुग्न सकिने विश्वास चिकित्सकहरूले व्यक्त गरेका छन्, जुन अघिसम्म असम्भवजस्तै लाग्दथ्यो।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5