मध्यरातको कारागार त्रासदी : कैलालीमा कैदीको हत्या, ४७ घाइते

 श्रावण २५, २०८२

✍ लेखा खबर संवाददाता


कैलाली कारागारमा कैदीबीचको झडपपछि प्रहरीको सुरक्षा व्यवस्था

काठमाडौं, साउन २४ – कैलाली जिल्ला कारागारमा शुक्रबार राति कैदीबीच भएको भीषण झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। मृत्यु हुनेमा धनगढी–४ का ४० वर्षीय भरत चौधरी रहेका छन्, जो लागुऔषध मुद्दामा थुनामा थिए।

घटना राति करिब ११ बजे कारागारको ‘ए’ ब्लक र ‘बी’ ब्लकका कैदीबीच भएको झडपका क्रममा भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

घटनाको प्रारम्भिक कारण र छानबिन समिति गठन

जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा नेपाल प्रहरीका डिएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डिएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेका छन्।

समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

झडपमा घाइते भएका ४७ मध्ये तीन जनाको अवस्था गम्भीर छ र उनीहरू सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत छन्। बाँकी घाइतेहरूको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

सुरक्षित सवारी अझै सपना: नेपालमा बढ्दो सडक दुर्घटना र राज्यको निष्क्रियता

सुरक्षा व्यवस्थामाथि प्रश्न

क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको कैलाली जिल्ला कारागारमा यस्तो ठूलो घटना हुनु सुरक्षात्मक कमजोरीको स्पष्ट संकेत भएको अधिकारीहरू मान्छन्।
जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शिवराज जोशीले दोषी जोसुकै भए पनि कानुनी कारबाही हुने र आगामी दिनमा विशेष सुरक्षा योजना लागू गरिने बताए।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5