दैलेखमा तीजको नाच हेरेर फर्किंदै गरेकी बालिकामाथि बलात्कार, दुई युवा पक्राउ

काठमाडौं, साउन २५ – दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा तीजको नाच हेरेर फर्किंदै गरेकी १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटनाले स्थानीय समुदायमा त्रास र आक्रोश फैलिएको छ। प्रहरीले घटनामा संलग्न दुई युवा, चामुण्डा बिन्द्रासैनी–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी गणेश बरालका अनुसार, साउन २२ गते राति तीजको नाच हेरेर फर्किंदै गरेको किशोरीहरूको समूहलाई आरोपितहरूले पछ्याएका थिए। किशोरीहरूले पछ्याइएको थाहा पाएपछि भाग्ने प्रयास गरे, तर एक १२ वर्षीया बालिका लडिन्। त्यही मौकामा गोविन्द र खगेन्द्रले उनलाई ढुंगाले हानेर चोट पुर्याएर पालैपालो बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
घटनापछि अन्य किशोरीहरूले घरमा खबर गरे, र अभिभावकहरू घटनास्थल पुग्दा आरोपितहरू भागिसकेका थिए। पीडित बालिकालाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। चिकित्सकहरूका अनुसार, उनको दाहिने हात मर्किएको छ भने गुप्तांगमा गम्भीर चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरी कारबाही
पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीमा जाहेरी दिएपछि दैलेख प्रहरीले दुवै आरोपितलाई पक्राउ गरेको हो। डिएसपी बरालले घटनाको थप अनुसन्धान भइरहेको र दोषीमाथि कडा कारबाही हुने बताए।
यो घटनाले दैलेखमा सुरक्षा र बालबालिकाको संरक्षणको मुद्दालाई पुनः सतहमा ल्याएको छ। तीजजस्ता सांस्कृतिक उत्सवमा समेत यस्ता जघन्य अपराध हुनुले स्थानीय समुदायमा डर र असुरक्षाको वातावरण सिर्जना भएको छ।
नेपालमा मानवअधिकारको अवस्था: चुनौती, सुधार र सम्भावना
प्रहरीले अभिभावकहरूलाई आफ्ना बालबालिकाको सुरक्षाप्रति सचेत रहन र यस्ता घटनाको तत्कालै जानकारी दिन आग्रह गरेको छ।
तपाईंको प्रतिक्रिया