७२ वर्षपछि बल्ल नागरिकता: गाउँपालिका अध्यक्षकै संरक्षकत्वमा दुर्गा ठकुरीलाई ऐतिहासिक प्रमाणपत्र

 श्रावण २८, २०८२

✍ लेखा खबर संवाददाता


७२ वर्षपछि नागरिकता प्राप्त गर्दै दुर्गा ठकुरी

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ की ७२ वर्षीय दुर्गा ठकुरीलाई लामो समयको प्रतीक्षापछि अध्यक्ष शुक्र चुमानको पहलमा नागरिकता प्रदान

काठमाडौं, साउन २७ – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीया दुर्गा ठकुरीले जीवनको लामो प्रतीक्षा र संघर्षपछि अखेर नागरिकताको प्रमाणपत्र पाउनु भएको छ। लामो समयदेखि ‘पहिचानविहीन’ बनेर बस्दै आउनुभएकी ठकुरीलाई गाउँपालिकाको विशेष पहलमा नागरिकता प्रदान गरिएको हो।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान स्वयं संरक्षकका रूपमा उभिएर उहाँलाई नागरिकता दिलाउन अघि सर्नुभएको वडा नं. ३ का अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो।

“७० वर्षअघि आँबुखैरेनी आइपुग्नुभएकी उहाँको परिवारका बारेमा कसैलाई जानकारी थिएन,” अध्यक्ष केसीले बताउनुभयो, “सबैले ‘दुर्गा ठकुरी’ भनेर चिने पनि नागरिकता नहुँदा उहाँको पहिचान कागजमा स्थापित थिएन। त्यसैले हामीले सहजीकरण गरेर नागरिकता बनाएका हौँ।”

स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन: उत्कृष्टलाई अब ‘नमुना’ घोषणा, अनुदान पनि जोडिने

उहाँलाई सोमबार सबै कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता प्रदान गरिएको हो।
“उहाँ कोसँग यहाँ आउनुभयो, परिवार को हो, यो कसैलाई थाहा छैन। खैरेनीमा ‘सिङ्गापुरे लाहुरे’ भनेर चिनिने घरमा मात्र ४० वर्ष बस्नुभयो,” केसीले थप जानकारी दिनुभयो।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार बाबुआमाको पहिचान नखुले पनि कानुनअनुसार आवश्यक सबै प्रमाण र प्रक्रिया पूरा गरेर नागरिकता प्रमाणपत्र प्रदान गरिएको हो।

यो घटनाले सामाजिक संवेदनशीलता र स्था

तपाईंको प्रतिक्रिया