नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकियो, कुन सवारीले कति तिर्ने?

 श्रावण ३०, २०८२

✍ लेखा खबर संवाददाता


नागढुङ्गा सुरुङमार्गको टोल शुल्क विवरण

काठमाडौं, साउन २९ – सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर दर सार्वजनिक गरेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सवारी साधनका लागि अलग-अलग शुल्क निर्धारण गरेको हो।

सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार लाग्ने दस्तुर :

  1. कार र भ्यानका : काठमाडौं आउँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ
  2. मिनी बस/ट्रक : काठमाडौं आउँदा ११५ रुपैयाँ, बाहिरिँदा ८० रुपैयाँ
  3. बस तथा ठूला ट्रक : काठमाडौं आउँदा २६० रुपैयाँ, बाहिरिँदा २०० रुपैयाँ
  4. भारी उपकरण : काठमाडौं आउँदा ६०० रुपैयाँ, बाहिरिँदा २५० रुपैयाँ

मोटरसाइकल निषेध

सरकारले स्पष्ट पारेको छ कि सुरुङमार्गमा मोटरसाइकल प्रवेश अनुमति छैन। केही देश वा सहरमा सुरक्षा मापदण्डअनुसार सुरुङमा मोटरसाइकल निषेध गर्ने प्रचलन छ, जुन नेपालमा पनि अपनाइनेछ।

अन्तिम त्रैमासमा सरकारको बजेट ‘शिफ्ट’: ४ अर्ब ५० करोडको रकमान्तरले विकासमै अनिश्चितता?

हालसम्म सुरुङमार्गको भौतिक निर्माण कार्य ९३ प्रतिशत पूरा भइसकेको मन्त्रालयले जनाएको छ। परियोजना सम्पन्न भएपछि काठमाडौं प्रवेश र निर्गमनमा समय र दूरी दुवै घट्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5