ग्लोबल आइएमई बैंक लाई तेस्रो पटक ‘युरोमनी बेस्ट बैंक अवार्ड’

सेवा, प्रविधि र सामाजिक उत्तरदायित्वमा उत्कृष्ट प्रदर्शनका आधारमा सम्मानित
काठमाडौं, भदौ १- ग्लोबल आइएमई बैंक लिमिटेडले प्रतिष्ठित ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत बेस्ट बैंकको उपाधि प्राप्त गरेको छ। बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण मानिने यो अवार्ड सन् १९९२ देखि प्रदान हुँदै आएको हो।
युरोमनी म्यागजिनले बैंकको वित्तीय मजबुती, ग्राहकलाई प्रदान गरिएको सेवा, प्रविधि नवप्रवर्तन, वातावरणीय तथा सामाजिक उत्तरदायित्व (ESG) मा गरिएको लगानी र सुशासनमा देखाएको प्रतिबद्धताको आधारमा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो।
बैंकिङ क्षेत्रमा निरन्तर सफलता
यसअघि पनि ग्लोबल आइएमई बैंकले ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२’ र ‘२०२४’ मा बेस्ट बैंक अवार्ड जितिसकेको थियो। यस वर्षको अवार्डसँगै बैंक तेस्रो पटक ‘युरोमनी बेस्ट बैंक’को मान्यता पाएको छ। साथै, ग्लोबल फाइनान्स अवार्ड २०२४ र २०२५ मा समेत नेपालकै उत्कृष्ट बैंकको रुपमा सम्मानित भएको थियो।
देशव्यापी सेवा विस्तार
ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो जसले मुलुकका ७७ वटै जिल्लामा सेवा विस्तार गरेको छ। हाल बैंकसँग ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, र ३ वटा विदेशस्थित प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।
सेयरको लोभमा बैंक खाता रित्तिने साइबर ठगीबाट सावधान
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, भारतलगायतका देशहरूबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै नेपाली श्रमिक र परिवारलाई सहज सेवा प्रदान गर्दै आएको छ।
यस अवार्डले ग्लोबल आइएमई बैंकलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि ‘विश्वसनीय र अग्रणी नेपाली बैंक’का रूपमा स्थापित गरेको छ।
तपाईंको प्रतिक्रिया