ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्दै लुटपाट, दुई जना पक्राउ

 भदौ ०४, २०८२

✍ लेखा खबर संवाददाता


ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहारपछि पक्राउ परेका युवा

काठमाडौं, भदौ ४ – ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्दै लुटपाट गर्ने दुई जना पक्राउ परेका छन्। ललितपुर प्रहरीले पक्राउ गरेका युवाहरूमा खोटाङ घर भई ललितपुर बस्ने २६ वर्षीय सिसन राई र १८ वर्षीय सविन राई रहेका छन्।

भदौ १ गते राति ट्याक्सी चालकमाथि आक्रमण

घटना १ भदौको राति करिब ३ बजे भएको हो। बीएच ९३४५ नम्बरको ट्याक्सी चलाइरहेका चालक बद्री नगरकोटीलाई हात्तीवनबाट ठैबतर्फ जाउँ भन्दै सिसन र सविन ट्याक्सीमा चढेका थिए।
ठैब पुगेपछि ट्याक्सी रोक्न लगाउँदै उनीहरूले चालकमाथि खुकुरी प्रहार गरेका हुन्। आक्रमणबाट नगरकोटीको गर्धन र बाँया हातमा चोट लागेको प्रहरीले जनाएको छ।

मोबाइल, नगद र सिक्री लुटपाट

खुकुरी प्रहारपछि उनीहरूले चालकसँग भएको मोबाइल, नगद र सिक्री लुटेर फरार भएका थिए। तर, ललितपुर प्रहरीले तत्काल अनुसन्धान अघि बढाउँदै उनीहरूलाई खुकुरीसहित पक्राउ गरेको हो।

रोल्पामा वृद्धामाथि जबर्जस्ती करणी: ५२ वर्षीय पुरुष पक्राउ

ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता चक्रराज जोशीका अनुसार, पक्राउ परेकामाथि ज्यान मार्ने उद्योग र डाँका–चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5