युवा उद्यमी गृष्मा पौडेलले “मनै देखि नेपाल” मार्फत नेपालको हस्तकला क्षेत्रमा उज्यालो ल्याउँदै

 भदौ ०७, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौँ, भाद्र ७- केवल १९ वर्षको उमेरमा, गृष्मा पौडेलले एउटा सुगन्धित यात्राको सुरुवात गरिन् जुन अहिले नेपालभरिका घरहरूमा प्रकाश फैलाइरहेको छ। डिसेम्बर २०२० मा उनले ६५,००० रुपैयाँको सानो लगानीबाट “मनै देखि नेपाल” नामक सुगन्धित मैनबत्ती व्यवसाय स्थापना गरिन्, जुन स्थानीय स्रोतहरू प्रयोग गरी सानोतिनो रुपमा सुरु भए पनि आज गुणस्तरीयता र दिगोपनाको पर्याय बन्दै एउटा सफल उद्यममा परिणत भएको छ।

व्यवसाय शुरूदेखि नै राम्रोसँग चलिरहेको थियो र एकै दिन १०० भन्दा बढी अर्डर प्राप्त भएपछि गृष्मालाई अझ प्रेरणा मिल्यो। गृष्माको अनुसार सामान्य अवस्थामा महिनामा २० भन्दा बढी मैनबत्ती बेचिन्छ भने विशेष कार्यक्रम र मेलामा दैनिक ४० भन्दा बढी मैनबत्ती बिक्री हुन्छ।

  सुरुमा अनलाइनबाट व्यवसाय सुरु गरेकी गृष्माले उनको सरल र साहसी उद्देश्य भनेको प्रकृतिको सुवास नेपालका घरघरमा पुर्याउनु थियो। प्रारम्भमा स्थानीय स्रोतहरूमा निर्भर रहँदै उनले दीगो र उच्च गुणस्तरीय उत्पादनहरू समावेश गर्नुपर्ने आवश्यकता महसुस गरिन्। पारिस्थितिकीय दृष्टिले अनुकूल भएको इम्पोर्ट गरिएको सोया मैनबत्तीमा रूपान्तरण हुनु उनको व्यवसायको महत्वपूर्ण मोड सावित भयो, जसले उनलाई कृत्रिम विकल्पहरूले भरिपूर्ण बजारमा विशिष्ट स्थान दिलायो।

“मनै देखि नेपाल” डिजिटल सीमाभन्दा अगाडि बढेर फार्मर्स मार्केटमा पनि सञ्चालन हुँदैछ। अहिले उनी आफ्नै शोरुम खोल्ने महत्त्वाकांक्षी योजना बनाइरहेकी छिन्, जुन उनको प्रतिबद्धता र हस्तकला मैनबत्तीको बढ्दो मागको परिचायक हो।

गृष्माले आफ्नो सफलताका दुई मुख्य कारणहरूलाई निरन्तरता र सम्भावना भनेकी छन्। उनले भनिन्, “धेरैजना यस व्यवसायलाई टिकाउन सक्दैनन् किनभने उनीहरु यी कुराहरूलाई नजरअन्दाज गर्छन्। समर्पित रहनु र सम्भावनामा विश्वास गर्नु नै चुनौतीहरू पार गर्न मद्दत गर्छ।”

“मनै देखि नेपाल” केवल व्यवसाय मात्रै होइन, सशक्तिकरणको एउटा माध्यम पनि हो। हालसम्म गृष्माले २४ जना महिलालाई रोजगारको अवसर प्रदान गरिसकेकी छिन्, जसले महिलाहरूलाई व्यवसायमा सीप र जीविकोपार्जनको अवसर दिएको छ। साथै उनले पृष्ठभूमिमा कमजोर महिलाहरूलाई लक्षित गर्दै मैनबत्ती बनाउने कार्यशालाहरू पनि सञ्चालन गर्दै सामाजिक समावेशन र आर्थिक स्वतन्त्रतालाई प्रोत्साहित गर्दै आइरहेकी छिन्।

अमेरिका सपना त्यागेर नेपालमै गेम उत्पादन गर्दै तीन युवा, अन्तरराष्ट्रिय गेमिङ जगतमा स्थापित हुँदै ‘म्याड यति गेम्स’

गृष्मा पौडेल दिगो र सामाजिक रूपमा सचेत उद्यमशीलताको बाटो उज्यालो बनाउँदै गर्दा, “मनै देखि नेपाल” आशा र प्रेरणाको एक ज्योति बनेको छ। साधा विचार बोकेको किशोरीबाट सफल व्यवसायी बन्ने उनको यात्रा उत्साह र उद्देश्यको संयोजनले सामर्थ्य राख्दछ भन्ने प्रमाण हो।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5