लहानमा दुःखद घटना : आमा र ५ वर्षीय छोरा मृत, ९ महिने शिशु जीवन-मरण संघर्षमा

 भदौ १७, २०८२

✍ लेखा खबर संवाददाता


लहानमा दुःखद घटना : आमा र ५ वर्षीय छोरा मृत, ९ महिने शिशु जीवन-मरण संघर्षमा

काठमाडौं, भाद्र १६ । सिरहाको लहानमा आमा र छोरा मृत अवस्थामा फेला परेका छन् भने नौ महिनाको अर्का छोरा गम्भीर घाइते भएका छन्।

लहान नगरपालिका-१ मटिअर्वा घर भइ हाल लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी आफ्नै कोठामा मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान करिब १० बजेतिर चौधरी सिलिङ पंखामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् भने ५ वर्षीय जेठा छोरा एरोन खाटमाथि मृत फेला परेका थिए।

सोही समयमा कोठामै रहेका ९ महिनाका कान्छो छोरा सिकिस्त अवस्थामा भेटिएका छन्। उनलाई तत्कालै सप्तऋषि अस्पताल पुर्‍याइएको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा पुगेका बेला कोठा भित्रैबाट चुकुल लगाइएको थियो। त्यही फल्याटमा बस्ने छिमेकीले खबर गरेपछि प्रहरी पुगेको र ढोका फोडेर भित्र प्रवेश गरेको हो।

आमाले घरायसी विवादका कारण छोराहरूलाई विशेष खुवाएर त्यसपछि आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ। मृतक आमा र छोराको शव प्रादेशिक अस्पताल लहानमा पोस्टमार्टमका लागि पठाइएको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5