२०८२ को खग्रास चन्द्रग्रहण : राशिअनुसार प्रभाव र उपाय

 भदौ २१, २०८२

✍ लेखा खबर संवाददाता


खग्रास चन्द्रग्रहणको दृश्य

काठमाडौँ, २० भदौ – भाद्र २२ गते पूर्णिमाको दिन (पूर्णिमा श्राद्ध) खग्रास चन्द्रग्रहण लाग्दै छ।। यो ग्रहण ज्योतिषशास्त्रमा विशेष संवेदनशील मानिन्छ किनकि यस दिन चन्द्रमा कुम्भ राशिमा रहँदा राहुसँग प्रभावित हुनेछ। यो चन्द्रग्रहण राति एशियाका सबै देशमा, अष्ट्रेलियाको अधिकांश क्षेत्रमा, अफ्रिकाको पूर्वी भागमा र मोक्षकालमा युरोपका केही स्थानबाट अवलोकन गर्न सकिनेछ। विसं २०८२ को पहिलो चन्द्रग्रहण भदौ २२ गते राति १०:११ बजे सुरु हुनेछ। राति ११:५६ बजे यसको मध्य भाग रहनेछ भने ०१:४१ बजे समाप्त हुनेछ। काठमाडौँबाट करिब साढे तीन घण्टासम्म यो ग्रहण अवलोकन गर्न सकिनेछ।

चन्द्रमा मातृत्व, मन, भावना र संवेदनशीलताको प्रतीक मानिन्छ। त्यसैले, चन्द्र ग्रहणलाई सामान्यतया अशुभ मानिन्छ। विशेष गरी चन्द्र महादशा वा अन्तर्दशामा रहेका र जन्मकुण्डलीमा चन्द्रमा षष्ठ (६ठौँ घर: रोग, शत्रु, बाधा र दैनिक संघर्षसँग सम्बन्धित), अष्टम (८औँ घर: मृत्यु, दुर्घटना, गोप्य पीडा, अप्रत्याशित परिवर्तनसँग सम्बन्धित) वा द्वादश भावमा (१२औँ घर: खर्च, घाटा, परदेश, अस्पताल, कारागार र मानसिक चिन्तासँग सम्बन्धित) रहेका व्यक्तिहरूलाई यसको प्रतिकूल प्रभाव बढी पर्न सक्ने ज्योतिषहरूको भनाइ छ।

यस अवधिमा मानिसहरूले मानसिक अशान्ति, भावनात्मक उतारचढाव, र शारीरिक कमजोरी अनुभव गर्ने सम्भावना हुन्छ। तर, प्रत्येक राशिले आफ्ना लागि उपयुक्त उपाय अपनाएमा ग्रहणको प्रतिकूल असरलाई न्यून बनाउन सकिन्छ।

राशिअनुसार उपायहरू

मेष (Aries)

  • उपाय: श्रीमद्भगवद्गीता पाठ गर्नुहोस् र “चन्द्र मन्त्र” “ॐ श्रां श्रीं श्रौं सः चन्द्रमसे नमः” १०८ पटक जप गर्नुहोस्।

वृष (Taurus)

  • उपाय: चन्द्रलाई जल अर्पण गर्नुहोस्, स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्।
  • पञ्चामृतलाई पानीमा मिसाएर चन्द्रमा अर्पण गर्नुहोस्।
  • “राधा नाम” जप गर्नु लाभदायी हुनेछ।

मिथुन (Gemini)

  • उपाय: एउटा नरिवलमा पानी भरेर टाउको वरिपरि तीन पटक घुमाएर बहने पानीमा विसर्जन गर्नुहोस्।
  • यसरी गर्दा ग्रहणको नकारात्मक असर कम हुने विश्वास छ।

कर्कट (Cancer)

  • उपाय: दूध र दही ग्रहण नगर्नुहोस्।
  • “राम रक्षा स्तोत्र” निरन्तर जप गर्नुहोस्, जसले भगवान रामको आशीर्वाद प्राप्त हुन्छ।
  • मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्।

सिंह (Leo)

  • उपाय: “नरसिंह मन्त्र” जप गर्नुहोस्।
  • ग्रहणपछि तिल दान गरेर ब्राह्मणलाई दिनुहोस्।

कन्या (Virgo)

  • उपाय: मनलाई संयमित राख्दै “महामृत्युंजय मन्त्र” वा “ॐ नमः शिवाय” जप गर्नुहोस्।

तुला (Libra)

  • उपाय: “हनुमान चालीसा” कम्तीमा ११ पटक जप गर्नुहोस्।
  • भगवान हनुमानलाई प्रार्थना गरी नकारात्मक ऊर्जाबाट सुरक्षा माग्नुहोस्।

वृश्चिक (Scorpio)

  • उपाय: यस दिन अभावमा रहेका तथा विपन्नलाई भोजन र पानी वितरण गर्नुहोस्।
  • दानद्वारा ग्रहणको प्रतिकूल प्रभाव कम गर्न सकिन्छ।

धनु (Sagittarius)

  • उपाय: “गजेन्द्र मोक्ष पाठ” गर्नुहोस्।
  • यसले चन्द्र ग्रहणका नकारात्मक प्रभाव हटाउन मद्दत गर्दछ।

मकर (Capricorn)

  • उपाय: “ॐ श्रां श्रीं श्रौं सः चन्द्रमसे नमः” मन्त्र १०८ पटक जप गर्नुहोस्।
  • जपलाई धेरैपटक दोहोर्याउन सकिन्छ।

कुम्भ (Aquarius)

  • उपाय: “विष्णु सहस्रनाम” वा “श्री हरि स्तोत्र” पाठ गर्नुहोस्।
  • भगवान विष्णुलाई सम्झेर नकारात्मक ऊर्जालाई हटाउन प्रार्थना गर्नुहोस्।

मीन (Pisces)

  • उपाय: “महामृत्युंजय मन्त्र” जप गर्नुहोस्।
  • मानसिक स्पष्टता र शान्ति कायम राख्न ध्यान दिनुहोस्।

यो पनि पढ्नुहोस:  बिहान सबेरै र राति प्रेसर कुकर सिटी नलगाउ : उपत्यका प्रहरीले उर्दी जारी गर्दै अनावश्यक ध्वनी प्रदुषण नगर्न अनुरोध

२०८२ को चन्द्र ग्रहण ज्योतिषीय दृष्टिले संवेदनशील समय हो। विशेषगरी चन्द्र महादशामा रहेका व्यक्तिहरूलाई यसको असर बढी पर्न सक्छ। तर, मन्त्रजप, दान, पूजा र आत्मसंयममार्फत ग्रहणका नकारात्मक प्रभावहरू कम गर्न सकिन्छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5