राष्ट्रपति पौडेलले छलफलका लागि बोलाएपछि जेनजी अभियान्ताहरु विभाजित, शितल निवास अगाडि जेनजीकै आपत्ति

 असोज २५, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौं ,असोज २५ । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा छलफलका लागि बोलाएपछि जेनजी अभियान्ताहरु विभाजित भएका छन्। शितल निवासमा सुधन गुरुङसहितका केही अभियान्ता प्रवेश गरेपछि शितलनिवास बाहिर विरोध भएको हो।

उनीहरुले सुदन गुरुङ पानी बाँडिरहेका व्यक्ति कसरी अहिले अभियान्ता भए भन्दै आक्रोश पोखेका छन्। उनीहरुमध्ये केहिले हिजो १३ जना व्यक्तिको नाम गएपनि अहिले वार्तामा कसरी २०/२१ जनाको नाम आयो भन्दै विरोध गरेका छन् भने कोही आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका हुन्

जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर जेनजी बाहिरका व्यक्ति सहभागी भएको भन्दै उनीहरुले आपत्ति जनाएको हो। अमेरिकी दूतावास युथ काउन्सिल नेपाल र एनजीओमा मात्र सहभागी व्यक्तिहरु मन्त्रिको सूचीमा देखिएको र जेनजी अभियान्ता भन्दै सहभागी भएको भन्दै आपत्ति जनाए। उनीहरुले जेनजी आन्दोलनका माग पूरा नगरी सरकार अन्यत्रमात्र लागेको उल्लेख गरे। उनले प्रधानमन्त्री सुशिला कार्कीले हिजो जेनजी को हो अहिलेसम्म थाहा छैन भनेपछि के आधारमा छनोट भएको हो भन्दै आपत्ति जनाएका  छन्।

राष्ट्रपति  पौडेलसँग छलफलका लागि सरकारले जेनजीका २० प्रतिनिधि छानेको छ। राष्ट्रपति पौडेल अहिले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूसँग छलफलमा छन्।

भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, सामाजिक सञ्जाल खोल्नुपर्ने लगायतका मागसहित जेनजी युवाहरु गत भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशभर आन्दोलनमा उत्रिएका थिए । आन्दोलनले उग्ररुप लिएपश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। त्यसपछि जेनजी युवा अगुवाहरूको समेत सिफारिसअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन् । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5