सस्तो सामग्री, छिटो समय र ठूलो आम्दानी: सानुको साबुन व्यवसायको सफलता

 असोज २५, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौं , असोज २५ । काठमाडौंको चमतीमा बसोबास गर्दै आएकी सानु छोरी महर्जन, स्थानीय साबुन बनाउने समुदायमा परिचित नाम बनेकी छिन्। काठमाडौं महानगरपालिका वडा नं. २७ मा महिला समूह द्वारा सञ्चालन भएको कार्यक्रममा उनले तरल र ठोस साबुन तथा डिटर्जेन्ट बनाउन सिकिन र विगत डेढ वर्षदेखि यस काममा आफुलाई समर्पित गरेकी छन्। 

करिब डेढ वर्षदेखि साबुन र  डिटर्जेन्ट उत्पादन गर्दै आएकी सानुले हालै पहिलो पटक सहजीकरणकर्ता को रूपमा पनि काम गरेर साबुन उत्पादन गर्न सिक्न इछुकुहरुलाई सिकाएकी पनि छन् । उनले व्यवसायको लागि मात्र नभई आफुले दैनिकी प्रयोगको लागि पनि साबुन र डिटर्जेन्ट बनाउदै आएको बताउँछिन् । उनले साबुन बनाउन सजिलो र सस्तो भएको बताउँछिन् र सम्पूर्ण प्रक्रियामा करिब एक देखि डेढ घण्टा मात्र लाग्ने उल्लेख गरेकी छिन्। उनले उत्पादनका लागि सेलरी र जी सासाल्ट जस्ता सजिलै उपलब्ध हुने सामग्रीहरू प्रयोग गरिने बताएकी छिन्।

सानुका अनुसार, मात्र ५ सय रुपैयाँ लगानीले १५ देखि १८ लिटर डिटर्जेन्ट उत्पादन गर्न सकिन्छ । थोरै लगानीमा बन्ने र मानिसहरू माझ माग भएको देखे पछि धेरै महिलाहरु यस व्यवसायमा संलग्न भएको सानुले बताएकी छिन् । यसले महिलाहरूको आयमा वृद्धि गर्नु का साथै सम्पूर्ण समुदायमा आर्थिक सशक्तिकरणको माध्यम पनि बनेको छ।

सानु छोरी महर्जनको अनुभवले देखाउँछ कि सस्तो र सरल प्रविधि मार्फत स्थानीय तहमा महिलाहरूले आत्मनिर्भर बन्ने अवसर पाउन सक्छन् र उनीहरूलाई दैनन्दिन आवश्यकता भएका वस्तुहरूको व्यवसायमा सक्रिय बनाउन सकिन्छ।

सानु छोरीको कथा स्थानीय स्तरमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने महिलाहरूको उद्यमशीलता र आत्मनिर्भरताको सुन्दर उदाहरण हो।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5