बालेन र सुदनविरुद्ध नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पनि दियो प्रहरीमा उजुरी

काठमाडौं , असोज २६ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध अर्को पनि उजुरी परेको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पनि उनीहरु विरुद्ध उजुरी दिएको हो ।
नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाह लगायतले उजुरी दिएका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आउन उक्साएको, आगजनी, तोडफोड गरी सरकारी सम्पत्तिमा क्षति पुर्याएकोले उनीमाथि अनुसन्धान गर्न उजुरीमा माग गरिएको छ । उनीहरुले काठमाडौँ र ललितपुरमा उजुरी दिएका हुन् ।
यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै सुदन गुरुङसहित मृतकका परिवारका सदस्य प्रहरीकोमा पुगेका थिए । प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि सोसल मिडियामा एरेस्ट केपी र एरेस्ट रमेश लेखक भन्दै अभियान नै चलाइएको थियो । त्यसपछि प्रहरीले जाहेरी बुझेर अन्दोलनबारे छानबिन गर्न बनेको आयोगमा पठाएको थियो ।
सोही दिन बालेन र सुदनविरुद्ध काउन्टर उजुरी लिएर एमाले निकट विद्यार्थी संगठन काठमाडौँ प्रहरी परिसर पुगेको थियो । त्यसपछि बिभिन्न जिल्लामा बालेन र सुनदविरुद्ध उजुरी परेको छ ।
यता केपी ओली र रमेश लेखकविरुद्ध परेको जाहेरी छानबिन आयोगले प्रहरीमै फिर्ता पठाईदिएको छ ।
तपाईंको प्रतिक्रिया