रुस–युक्रेन युद्ध: बैतडीका रुसी सेनामा कार्यरत नेपाली युवकको मृत्यु

 पुष २०, २०८२

✍ लेखा खबर संवाददाता


रुस–युक्रेन युद्धमा रुसी सेनामा कार्यरत नेपालीको मृत्यु

काठमाडौं, पुष २० – बैतडीको मेलौली नगरपालिका–७, कान्डा निवासी ३३ वर्षीय मनोज सिंह भट्टको रुस-युक्रेन युद्ध का क्रममा रुसी सेनामा सेवा गर्दै गर्दा मृत्यु भएको पुष्टि भएको छ।

करिब दुई वर्षअघि रुसी सेनामा आबद्ध भएका भट्ट केही समयदेखि सम्पर्कविहीन तथा बेपत्ता अवस्थामा रहेका थिए। हाल गरिएको डीएनए परीक्षणमार्फत उनको मृत्यु पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वर्गीय भट्टको परिवारमा माता-पिता, एक जना दाजु/भाइ तथा श्रीमती रहेका छन्। उनको निधनको खबरले परिवारसहित सम्पूर्ण स्थानीय समुदाय शोकमा डुबेको छ।

यसअघि पनि मेलौली नगरपालिका–७ कै अर्जुन दत्त भट्टको गत अप्रिल महिनामा रुसी सेनामा सेवा गर्दै गर्दा मृत्यु भएको थियो। लगातार दोहोरिएका यस्ता घटनाले वैदेशिक सेनामा संलग्न नेपाली नागरिकहरूको सुरक्षा र जोखिमबारे पुनः गम्भीर प्रश्न उठाएको छ।

विशेषगरी रुस–युक्रेन युद्धमा विदेशी सेनामा भर्ती भएका नेपालीहरूको अवस्था, सुरक्षा प्रत्याभूति र सरकारी निगरानीबारे सरोकारवालाहरूले चासो व्यक्त गर्न थालेका छन्।
त्रिशाला गुरुङपछि आसिफ शाहले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?