निर्वाचन विशेष: पद र शक्तिको मोहमा राजिनामा दिनेको लर्को, तिनै तहका सरकार अलपत्र

 माघ ०८, २०८२

✍ लेखा खबर संवाददाता


प्रतिनिधिसभा निर्वाचनअघि मेयर, मन्त्री र सांसद गरी १४ जनप्रतिनिधिले पदबाट राजीनामा दिएको दृश्य

काठमाडौँ, माघ ७ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने क्रमसँगै नेपालको राजनीतिमा ‘राजीनामा’ को नयाँ लहर देखिएको छ। कार्यकाल बाँकी छँदै स्थानीय तहका मेयर, प्रदेशका मन्त्री र सांसद तथा अन्तरिम सरकारका मन्त्रीहरूले धमाधम पद त्यागेर सङ्घीय संसदको दिएका छन्।

निर्वाचन आयोगको प्रावधान अनुसार बहालवाला जनप्रतिनिधिले चुनाव लड्न पदबाट राजीनामा दिनुपर्ने बाध्यात्मक व्यवस्था भएपछि देशैभरबाट १४ जना उच्च पदस्थ व्यक्तिहरूले पद त्याग गरेका हुन्।

अन्तरिम सरकारबाट राजिनामा दिने मन्त्रीहरू

१. कुलमान घिसिङ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री (काठमाडौँ-३ बाट उम्मेदवार)
२. महावीर पुन – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री (म्याग्दीबाट उम्मेदवार)
३. जगदीश खरेल – सञ्चार तथा सूचना प्रविधि मन्त्री (ललितपुर-२ बाट उम्मेदवार)
४. बब्लु गुप्ता – युवा तथा खेलकुद मन्त्री (सिरहा-१ बाट उम्मेदवार)

राजीनामा दिने मेयरहरू

१. बालेन्द्र शाह (बालेन) – मेयर, काठमाडौँ महानगरपालिका (झापा-५ बाट उम्मेदवार)
२. हर्क राज राई (हर्क साम्पाङ) – मेयर, धरान उपमहानगरपालिका (सुनसरी-१ बाट उम्मेदवार)
३. रेणु दाहाल – मेयर, भरतपुर महानगरपालिका (चितवन-३ बाट उम्मेदवार)
४. दिलीपकुमार बगडिया (अग्रवाल) – मेयर, रंगेली नगरपालिका (मोरङ-२ बाट उम्मेदवार)

राजीनामा दिने १४ प्रदेश मन्त्री तथा सांसदहरू

मधेस प्रदेश
१. सतिश कुमार सिंह – सांसद/पूर्व मुख्यमन्त्री (सप्तरी-२ बाट उम्मेदवार)
२. रामचन्द्र मण्डल – सांसद/पूर्व सभामुख (धनुषा-१ बाट उम्मेदवार)
३. भरतप्रसाद साह – सांसद (महोत्तरी-४ बाट उम्मेदवार)
४. रहबर अन्सारी – सांसद (बारा-४ बाट उम्मेदवार)

बागमती प्रदेश
१. युवराज दुलाल ‘शरद’ – सांसद/पूर्व मन्त्री (सिन्धुपाल्चोक-२)
२. कुन्दन राज काफ्ले – सांसद/पूर्व मन्त्री (दोलखा) टिकट नपाएको
३. प्रकाश श्रेष्ठ – सांसद/पूर्व मन्त्री (काठमाडौँ-७)
४. सुनिल केसी – सांसद (काठमाडौं-२)
५. बसन्त मानन्धर – सांसद (काठमाडौं-७)
६. अमन कुमार मास्के – सांसद/पूर्व मन्त्री (काठमाडौं–६)

लुम्बिनी प्रदेश
१. धन बहादुर मास्की – पूर्व मन्त्री (दाङ-३ बाट उम्मेदवार)
२. धर्म बहादुर चौधरी – पूर्व मन्त्री (बर्दिया-२ बाट उम्मेदवार)
३. कन्हैया बानियाँ – सांसद (रुपन्देही-४ बाट उम्मेदवार)
४. कृष्णा केसी – सांसद (बाँके-१ बाट उम्मेदवार)

सुदूरपश्चिम प्रदेश
१. डा. तारा जोशी – सांसद (डडेलधुराबाट उम्मेदवार)

बालेन शाह चुनाव तर्फ: काठमाडौंमा उनले गरेका काम, विवाद र प्रभाव ?

जनताको विश्वासमाथि घात कि अवसर?

स्थानीय, प्रदेश र अन्तरिम सरकारलाई अभिभावकविहीन बनाएर सङ्घीय संसद ताक्ने यी नेताहरूको कदमलाई धेरैले “अवसरवाद” को संज्ञा दिएका छन्। ५ वर्षका लागि जनतासँग भोट मागेका बालेन, हर्क वा सतिश सिंह जस्ता पात्रहरूले बीचैमा जिम्मेवारी छोड्दा विकासका योजनाहरू अलपत्र परेका छन्। निर्वाचन गराउन र देशलाई स्थिर राख्न बनेका अन्तरिम सरकारका मन्त्रि, त्यहि सरकारलाई अस्थिर बनाएर लागे चुनावमा भाग लिन।

सामाजिक सञ्जालमा मतदाताहरूले यस्ता ‘पदभोगी’ नेताहरू भन्दै कडा चेतावनी दिइरहेका छन्। “जसले आफूलाई सुम्पिएको जिम्मेवारी पुरा गर्न सक्दैन, उसलाई फेरि किन माथिल्लो पदमा पुर्‍याउने?” भन्ने प्रश्न अहिले सर्वत्र उठिरहेको छ। आगामी निर्वाचनमा यी ‘राजीनामा’ दिने उम्मेदवारहरूका लागि जित हासिल गर्नु भन्दा पनि जनताको विश्वास जित्नु ठूलो चुनौती हुने देखिन्छ।

स्रोतः निर्वाचन आयोग

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?