रास्वपाको ‘क्रेज’ मा बिटकोइन झैँ पहिरो: उम्मेदवारको चटक र समर्थकको अराजकताले साख गिर्दो

 माघ २४, २०८२

✍ लेखा खबर संवाददाता


रास्वपाको क्रेजमा पहिरो: बालेनको इन्ट्रीदेखि 'पुराना' उम्मेदवारको चटकसम्म

काठमाडौँ, २३ माघ । कुनै समय नेपाली राजनीतिको ‘बुल मार्केट’ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लोकप्रियता यतिबेला बिटकोइन क्र्यास भए झैँ ओरालो लागेको छ। बालेन शाहको इन्ट्री र रवि लामिछानेको जेलबाट पुनरागमनले सुरुमा केही ‘हाइप’ बनाए पनि पछिल्ला गतिविधिले रास्वपाको ग्राफलाई तीव्र गतिमा तल झारिदिएको छ।

१. बालेनको इन्ट्री: कमजोर टिम र सेलाउँदो क्रेज
बालेन शाहको राजनीतिक प्रवेशको चर्चाले सुरुमा माहोल तताए पनि उनको टिम ‘कमजोर’ देखिएपछि जनतामा उत्साह घटेको छ। केवल चर्चाका लागि मात्र आएको जस्तो देखिने बालेनको टिमले ठोस राजनीतिक विकल्प दिन नसक्ने आकलन गरिएसँगै रास्वपालाई मिल्ने भनिएको माइलेज पनि हराउँदै गएको छ।

२. उम्मेदवारहरूको ‘चटक’ र ८० पुराना अनुहार
रास्वपाले ८० जना पुराना पार्टीका मान्छे, २३-२४ जना कलाकार/सेलिब्रेटी र पूर्व मन्त्रीहरूलाई भित्र्याएर जुन ‘चटक’ देखायो, त्यसले प्रत्युत्पादक फल दिएको छ।

– सिद्धान्तहीन भिड: ‘नो नट अगेन’ भन्ने पार्टीले ८० जना नै पुराना अनुहार बोकेपछि मतदाताले यसलाई ‘पुरानाको डम्पिङ साइट’ भन्न थालेका छन्।
– प्राइमरीको अन्त्य: ‘प्राइमरी’ चुनावलाई ‘ना-ना’ (अस्विकार) गर्दै केन्द्रबाटै टिकट बाँडिएपछि पार्टीको नयाँपन समाप्त भएको छ।

३. सामाजिक सञ्जालमा ‘अराजकता’: समर्थककै कारण साख गुम्यो
रास्वपाको साख गिराउन यसका समर्थकहरूको भूमिका सबैभन्दा नकारात्मक देखिएको छ। सामाजिक सञ्जालमा रास्वपा समर्थकहरूले गर्ने अराजक र अश्लील (Vulgar) टिप्पणीहरूका कारण आम बौद्धिक वर्ग र ‘जेन-जी’ (Gen Z) यो दलबाट टाढिँदै गएका छन्। फरक मत राख्नेलाई तल्लो स्तरमा उत्रिएर गाली गर्ने शैलीले पार्टीको छवि ‘संस्कारी’ होइन, ‘उच्छृङ्खल’ झुण्डको जस्तो बनेको छ।

४. गाउँमा पुराना दलको घेराबन्दी
रास्वपाका ‘जेन-जी’ आगुवाहरू सहर र सामाजिक सञ्जालमै सीमित हुँदा पुराना दलहरू (कांग्रेस-एमाले) पूर्ण शक्ति र संगठनका साथ गाउँ छिरेका छन्। ग्राउन्डमा पुराना दलको पकड बलियो हुनु र रास्वपाभित्रको आन्तरिक खिचलोले गर्दा यसको चुनावी भविष्य संकटमा परेको छ।

पुस महिनामा एक खर्ब ९२ अर्ब रेमिटेन्स भित्रियो, तर ९८ करोड बाहिरियो पनि

तपाईंको प्रतिक्रिया