रास्वपामा पहिरो: बागमती र मधेशका प्रभावशाली नेताद्वारा पार्टी परित्याग

 फागुन ०७, २०८२

✍ लेखा खबर संवाददाता


रास्वपामा पहिरो: बागमती र मधेशका सभापतिसहित प्रभावशाली नेताहरूले किन छाडे पार्टी?

काठमाडौं, फागुन ७ । “नयाँ र वैकल्पिक शक्ति” बन्ने नाराका साथ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र अहिले तीव्र असन्तुष्टि चुलिएको छ। पार्टी स्थापनादेखि नै महत्वपूर्ण भूमिका निर्वाह गरेका बागमती र मधेश प्रदेशका शीर्ष नेतृत्वले नेतृत्वको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै राजीनामा दिएका छन्।

१. बागमती प्रदेश: दिनेश हुमागाईंको बर्हिगमन

रास्वपा बागमती प्रदेशका निवर्तमान सभापति दिनेश हुमागाईंले पार्टीको पछिल्लो बाटो र नेतृत्वको ‘स्वैच्छाचारी’ निर्णय प्रक्रियाप्रति असहमति जनाउँदै सांगठनिक जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। उनले पार्टीभित्र पुराना र इमानदार कार्यकर्ताको मूल्यांकन नभएको र केही सीमित व्यक्तिहरूको घेरामा पार्टी फसेको आरोप लगाएका छन्।

२. मधेश प्रदेश: ममता शर्माको कडा आरोपसहित राजीनामा

मधेश प्रदेशमा रास्वपालाई विस्तार गर्न मुख्य भूमिका खेल्ने संस्थापक अध्यक्ष ममता शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छिन्। उनले विशेष गरी फागुन २१ को चुनावका लागि टिकट वितरणमा आर्थिक अनियमितता भएको र सक्षम व्यक्तिलाई पाखा लगाइएको गम्भीर आरोप लगाएकी छिन्। उनको बहिर्गमनले मधेशमा रास्वपाको संगठनलाई ठूलो धक्का पुग्ने विश्लेषण गरिएको छ।

३. अन्य नेताहरू: प्रणय राणा र सुमाना श्रेष्ठको प्रभाव

पार्टीका बौद्धिक धार मानिने नेताहरू र पूर्व मन्त्रीहरू समेत पार्टीबाट टाढिनुले रास्वपा ‘संस्थागत संकट’मा रहेको संकेत गर्छ। केही समयअघि सुमाना श्रेष्ठले नेतृत्वले आफूलाई देश र जनताभन्दा माथि राखेको भन्दै राजीनामा दिएकी थिइन् भने प्रणय राणा जस्ता विश्लेषक र लेखकहरूले पनि रास्वपाको वैचारिक स्पष्टतामाथि प्रश्न उठाउँदै आएका छन्।

मुख्य कारणहरूको विश्लेषण:

१. आर्थिक अपारदर्शिता: टिकट वितरण र पार्टी सञ्चालनमा आर्थिक चलखेल भएको आरोप नेताहरूले लगाउन थालेका छन्।

२. अवसरवादी राजनीति: पुराना दलहरूलाई गाली गरेर आएको पार्टी, सत्ताका लागि उनीहरूसँगै पटक-पटक मिलेकोमा कार्यकर्ता रुष्ट छन्।

३. नेतृत्वको ‘एकलौटी’ निर्णय: पार्टी सभापति रवि लामिछाने र केही नजिकका नेताहरूले मात्र निर्णय गर्ने गरेको र आन्तरिक लोकतन्त्र कमजोर भएको गुनासो व्याप्त छ।

४. गुटबन्दी: पार्टीभित्र पुराना भर्सेस नयाँ र ‘सेलिब्रेटी’ भर्सेस ‘संगठनकर्ता’ बीचको खाडल बढ्दो छ।

निर्वाचन नजिकिँदै गर्दा ‘झोले’ र ‘घण्टे’ शब्दको डरलाग्दो उपस्थिती: सामाजिक सञ्जालमा लाखौँ पटक प्रयोग, कसले कसलाई बढी गिज्याउँदै?

तपाईंको प्रतिक्रिया