काठमाडौँ-१ मा रञ्जुको ऐतिहासिक जित: १५ हजार बढी मतका साथ ‘नम्बर १’ विजयी!

 फागुन २२, २०८२

✍ लेखा खबर संवाददाता


निर्वाचन २०८२ को पहिलो जित रञ्जु दर्शनाको नाममा

काठमाडौँ, २२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपाने (रञ्जु दर्शना) काठमाडौँ निर्वाचन क्षेत्र नं. १ बाट भारी मतान्तरले विजयी भएकी छन् । उहाँ यस निर्वाचनमा देशभरिबाट आधिकारिक रूपमा निर्वाचित हुने पहिलो उम्मेदवार समेत बनेकी छन्।

चुनावी तथ्यांक : रञ्जुले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले पराजित गरेकी छन्:

रञ्जु न्यौपाने (रास्वपा): १५,४५४ मत (विजयी)

प्रबल थापा क्षेत्री (नेपाली कांग्रेस): ६,३६४ मत

रवीन्द्र मिश्र (राप्रपा): ३,९६२ मत

मोहनराज रेग्मी (नेकपा एमाले): १,६१८ मत

९ वर्षको संघर्ष र सफलता: सन् २०१७ (२०७४ साल) मा मात्र २१ वर्षको उमेरमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी रञ्जुले ९ वर्षपछि संसदीय राजनीतिमा सफलता हात पारेकी छन्। वैकल्पिक राजनीतिको वकालत गर्दै आएकी ३० वर्षीया रञ्जुको यो जितलाई नेपाली राजनीतिमा युवा नेतृत्वको उदयको रूपमा हेरिएको छ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?