मुस्ताङबाट खुल्यो नेपाली कांग्रेसको खाता, योगेश गौचन थकाली दोस्रो पटक निर्वाचित

 फागुन २२, २०८२

✍ लेखा खबर संवाददाता


मुस्ताङबाट खुल्यो नेपाली कांग्रेसको खाता, योगेश गौचन थकाली दोस्रो पटक निर्वाचित

काठमाडौँ, २२ फागुन । मुलुकभरको मतगणना अपडेट आइरहँदा मुस्ताङबाट नेपाली कांग्रेसले विजयको खाता खोलेको छ। मुस्ताङको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन्।

योसँगै योगेश गौचन थकाली यस निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित हुने पहिलो सांसद बनेका छन्। उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै लगातार दोस्रो पटक संसदको यात्रा तय गरेका हुन्।

मुस्ताङमा हिजो मतदान सम्पन्न भएलगत्तै सुरु भएको गणना आज बिहान सकिएको हो। रास्वपाको लहरबीच पनि मुस्ताङमा कांग्रेसले आफ्नो विरासत जोगाउन सफल भएको छ।

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?