सांसदको भूमिका पुस्तक बेच्ने होइन, कानुन बनाउने हो: महावीर पुनलाई पोखराका मेयर आचार्यको सुझाव
काठमाडौँ, २७ । फागुन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित सांसद महावीर पुनलाई उनको पदीय जिम्मेवारी र मर्यादाबारे स्मरण गराएका छन्। म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद पुनले केही दिनदेखि पोखराका सडक किनारमा उभिएर पुस्तक बिक्री गरिरहेका थिए, जसले गर्दा ट्राफिक व्यवस्थापन र कानुनी प्रक्रियामा प्रश्न उठेको थियो।
मेयर आचार्यले बुधबार फेसबुकमार्फत पुनलाई खुल्ला पत्र लेख्दै भनेका छन्, ‘माननीयज्यू, अब तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो र पुस्तक व्यवसायीको भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो।’ उनले सांसदजस्तो सम्मानित व्यक्तित्वले सडकमा बसेर व्यापार गर्दा अनावश्यक विवाद उत्पन्न हुने र राज्यका नियमहरू सबैमा समान रूपमा लागू हुने भएकाले यस्तो कार्य नगर्न सुझाएका छन्।
काठमाडौँको वायु प्रदूषण घटाउन विश्व बैंकको सात अर्ब सात करोड ऋण
आचार्यले महावीर पुनको अभियानलाई व्यवस्थित बनाउन विकल्प समेत अघि सारेका छन्। उनले पुस्तक व्यवसायी महासंघमार्फत पुस्तक बिक्री गरी त्यसको उचित भुक्तानी उपलब्ध गराउन महानगरले सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, हालसम्म बिक्री भएका पुस्तकहरूको विवरण सार्वजनिक गर्न आग्रह गर्दै यसले पारदर्शिता बढ्ने र करसम्बन्धी सम्भावित प्रश्नहरूको सहज जवाफ मिल्ने उल्लेख गरेका छन्।

तपाईंको प्रतिक्रिया