समानुपातिकतर्फको सिट सङ्ख्या टुङ्गियो: रास्वपा पहिलो, अन्य कुन दलले कति पाए?

 फागुन २८, २०८२

✍ लेखा खबर संवाददाता


समानुपातिक बन्दसूची नाम फिर्ता २०८२ : १६४ उम्मेदवार फिर्ता

काठमाडौँ, २८ फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको अन्तिम सिट सङ्ख्या सार्वजनिक गरेको छ । आयोगले बिहीबार एक सूचना जारी गर्दै कुल ११० सिटको बाँडफाँट टुङ्गो लगाएको हो ।

थ्रेसहोल्ड कटाउने ६ दल मात्रै

समानुपातिकतर्फ निर्वाचनमा भाग लिएका ६३ राजनीतिक दलमध्ये ६ वटा दलले मात्र ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाएर सिट प्राप्त गर्न सफल भएका छन्। बाँकी ५७ दलले कुनै पनि सिट प्राप्त गर्न सकेनन्।

कुन दलले कति सिट पाए?

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक मतसहित सबैभन्दा धेरै सिट हात पारेको छ। दलहरूले प्राप्त गरेको मत र सिट सङ्ख्या यसप्रकार छ:

क्र.सं.राजनीतिक दलको नामप्राप्त मतमत प्रतिशतप्राप्त सिट
राष्ट्रिय स्वतन्त्र पार्टी५१,८३,४९३४७.८४%५७
नेपाली कांग्रेस१७,५९,१७२१६.२३%२०
नेकपा (एमाले)१४,५५,८८५१३.४३%१६
नेपाली कम्युनिष्ट पार्टी८,११,५७७७.४९%
श्रम संस्कृति पार्टी३,८५,९०२३.५६%
राष्ट्रिय प्रजातन्त्र पार्टी३,३०,६८४३.०५%
जम्मा१,०८,३५,०२५१००%११०

[स्रोत: निर्वाचन आयोग, २०८२/११/२८]

आधा भरिएको ग्यास सिलिण्डर बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

मतदानको तथ्याङ्क

फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ कुल १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको आयोगले जनाएको छ। आयोगका निर्वाचन अधिकृत कृष्ण बहादुर राउतद्वारा हस्ताक्षरित सूचनामा प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३५(२) बमोजिम यो परिणाम निर्धारण गरिएको उल्लेख छ।

सिट प्राप्त गर्ने ६ दल बाहेक जनता समाजवादी पार्टी, नेपाल (१.६८%), राष्ट्रिय परिवर्तन पार्टी (१.५९%) र जनमत पार्टी (०.७३%) ले तुलनात्मक रूपमा बढी मत पाए पनि ३ प्रतिशतको सीमा पार गर्न नसक्दा सिटविहीन बनेका छन्।

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?