‘मेरो सम्पत्ति विवरण खरानी हो, त्यही उठाएर लैजा सरकार!’ – आयोगलाई बयान नदिने केपी ओलीको घोषणा

 जेठ २०, २०८३

✍ लेखा खबर संवाददाता


एमाले अध्यक्ष केपी ओली सम्पत्ति छानबिन आयोग भाषण

काठमाडौँ, जेठ २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफूले मान्यता नदिने र बयान पनि नदिने घोषणा गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारलाई ‘पूर्वाग्रह र प्रतिशोधको पोको’ को संज्ञा दिएका हुन्।

अध्यक्ष ओलीले विपक्षी दलका मान्छेहरूलाई फसाउनका लागि मात्रै यो आयोग गठन गरिएको आरोप लगाए। “यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ। अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ,” ओलीले भने, “त्यसमा सम्पत्ति विवरण भरेर पठाइदिनँ। जे-जे गर्न सक्छ, गरोस्।” उनले यो राज्य राज्य नभएर पूर्वाग्रहको पोको भएको जिकिर गर्दै सरकारलाई प्रतिशोध छोडेर संवैधानिक क्रियाकलापमा लाग्न सुझाव दिए।

प्रधानमन्त्रीको बचाउ गर्दै प्रवक्ता पोखरेलले भने ‘प्रधानमन्त्रीले बोलेकै सत्य हो, आवश्यक परे फेरि सदनमा जवाफ दिनुहुन्छ’

आफ्नो सम्पत्ति आगो लागेर नष्ट भइसकेकाले विवरण नभर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले सरकारमाथि कडा व्यङ्ग्य गरे। “आगो लगाएर पुगेन, सम्पत्ति विवरण? खरानी छ, उठाएर लैजा सरकार। केको सम्पत्ति विवरण? मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले,” उनले आक्रोश पोखे।

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?