मृगस्थली झरना विकास : बजेट र ठेक्का बीचको रहस्य र स्थानीयको निराशा

काठमाडौँ – अर्घाखाँची जिल्लाको भुमिकस्थान नगरपालिकामा स्थित मृगस्थली झरनाको विकासका नगरपालिकाले कुल ९८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर अन्ततः ठेक्का मात्र ६१ लाख २७ हजार ६ सय रुपैयाँमा दिइएको छ । बजेट र ठेक्काबीचको यो असन्तुलनले काम डिपिआरअनुसार सम्पन्न नभएको देखिएको छ, जसले पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ।
बजेट र ठेक्का बीचको ठूलो अन्तरले स्थानीयमा प्रश्न
परियोजनाको प्रारम्भिक डिपिआर अनुसार झरनाको विकासका लागि पौडी पोखरी, विश्रामस्थल, मृगको सालिक , र खर्यान खोलाबाट पानी ल्याउने व्यवस्था समावेश थियो। झरना क्षेत्रमा पर्यटकलाई लक्षित गर्दै हिउँद महिनामा पानीको अभाव हुन नदिन पानीको व्यवस्थापन गर्ने, साथै झरना खस्ने ठाउँमा पौडी खेल्न सक्ने सुविधा निर्माण गर्ने योजना थियो।
कार्यान्वयनमा देखिएको अपूरा योजनाहरुले बढायो स्थानीय असन्तुष्टि
कार्यान्वयनमा यी महत्वपूर्ण बुँदाहरू लगभग पूरै नै बेवास्ता गरिएको देखिन्छ। ठेक्का कार्यान्वयन गर्ने इन्जिनियरसँग सम्पर्क गर्दा फोन नउठाइएको र डिपिआर देखाउने विषयमा समेत स्पष्टता नदेखिएको स्थानीयहरुको गुनासो रहेको छ । यसबाट काममा पारदर्शिताको अभाव र गम्भीर समस्या देखिएको छ। स्थानीय सामाजिक अभियन्ता र जनता विकासले बजेट सदुपयोग नहुँदा ठूलो दुख व्यक्त गरेका छन्। पर्यटकहरू झरना क्षेत्रमा बढी संख्या आउने भए पनि विकासको गुणस्तर अपेक्षित नहुँदा निराशा छ।
भेष बदलेर गाउँ पस्ने रुपन्देहीका ‘अन्डरकभर’ एसपी: दुई महिनामै ५ करोडको तस्करी नियन्त्रण
जिम्मेवारहरूको जवाफदेहिताको माग
बजेट र ठेक्का बीचको ठूलो अन्तर, डिपिआरमा भनिएका काम नहुनु, इन्जिनियरको सम्पर्क अभाव, र परियोजनाको अपारदर्शिताले विकास प्रक्रियामा गम्भीर प्रश्न तयार गरेको छ। स्थानीयहरूले यस्ता त्रुटि पुनः नदोहोरिने र जिम्मेवारहरूको स्पष्ट जवाफदेहिताको माग गरेका छन्।
तपाईंको प्रतिक्रिया