मासिक तलब र सुविधासहित अध्ययन बिदा लिएर त्रिवि प्राध्यापकहरू विदेशमा: रकम फिर्ता नगरे नाम सार्वजनिक गर्ने चेतावनी

 श्रावण २३, २०८२

✍ लेखा खबर संवाददाता


अध्ययन बिदा लिएर विदेश बसेका त्रिवि प्राध्यापक

३ करोडभन्दा बढी रकम फिर्ता, थप ४५ जना सम्पर्कमा — त्रिविको हेल्प डेस्क स्थापना तयारी

काठमाडौं, साउन २१ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अध्ययन बिदाको सुविधा लिई विदेश गएका तर निर्धारित अवधिमा फर्कन नआएका प्राध्यापकहरूसँग अब रकम असुली सुरु गरिएको छ।

त्रिविले गरेको आन्तरिक छानबिनमा १ सय ९१ जना उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक मासिक तलब र अन्य आर्थिक सुविधासहित अध्ययन बिदा लिएर विदेशमा बसिरहेको पाइएको थियो। तीमध्ये केहीले त अध्ययनसमेत पूरा नगरेको तथ्य उजागर भएको छ।

त्रिविका रजिस्ट्रार केदारप्रसाद रिजाल का अनुसार हालसम्म ५–७ जना प्राध्यापकले करिब ३ करोड रुपैयाँ फिर्ता गरिसकेका छन्। त्यस्तै, ४५ जना प्राध्यापक विश्वविद्यालयको सम्पर्कमा आएका छन्, जसबाट रकम फिर्ता गर्न थप प्रक्रिया अघि बढाइएको छ।

रिजालका अनुसार, विदेशमा रहेका प्राध्यापकहरूलाई सहजीकरण गर्न त्रिविले हेल्प डेस्क स्थापना गर्ने तयारीसमेत गरिरहेको छ। यो कदम विश्वविद्यालयलाई परेको आर्थिक बोझ न्यूनीकरण गर्न गरिएको हो।

डेढ अर्बभन्दा बढीको नोक्सानी अनुमान

त्रिविको तथ्यांक अनुसार, करिब २ सय १३ जना प्राध्यापकले अध्ययन बिदा लिएर अध्ययन पूरा नगरेको देखिएको छ। उनीहरूले प्रतिव्यक्ति ३० देखि ४० लाख रुपैयाँसम्म सुविधा लिएको पाइएको छ, जसका कारण विश्वविद्यालयलाई अनुमानित डेढ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।

त्रिविले असार महिनाको अन्त्यतिर सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा लिई फर्कन नआएका प्राध्यापकहरूलाई ३५ दिनभित्र रकम ब्याजसहित फिर्ता गर्न आग्रह गरेको थियो। समयमै फिर्ता नगर्नेहरूको नाम सार्वजनिक गर्ने चेतावनी त्रिविले दिएको छ।

सबैभन्दा बढी इन्जिनियरिङ संकायमा दुरुपयोग

सहप्राध्यापक जीवन काफ्लेको नेतृत्वमा बनेको छानबिन समितिका अनुसार, सबैभन्दा बढी दुरुपयोग इन्जिनियरिङ संकायमा देखिएको छ। अध्ययन बिदा लिएर फर्कन नआएका मध्ये इन्जिनियरिङका ६२ जना, विज्ञान संकायका ५६, मानविकीका ३०, वन विज्ञानका १७ र कृषि तथा पशु विज्ञान संकायका ११ जना रहेका छन्।

त्यसैगरी, अध्ययन पूरा गरे पनि प्रमाणपत्र नपेस गर्नेहरूमध्ये मानविकी संकायका ८४ जना, विज्ञान संकायका ५०, इन्जिनियरिङका ३७, व्यवस्थापनका १७ र कृषि तथा पशु विज्ञानका ११ जना छन्।

पेन्सन सुविधा लिने बेतलबी बिदा

छानबिनमा ५ वर्षको अध्ययन बिदापछि थप ७–८ वर्ष बेतलबी बिदा लिएर बसेका प्राध्यापक पनि भेटिएको छ। बेतलबी बिदासमेत जोडेर पेन्सन सुविधा लिने प्रवृत्तिमा रोक लगाउने निर्णय विश्वविद्यालय कार्यकारी परिषद्ले गरिसकेको छ।

पक्राउ परेकाहरूको फोटो र भिडिओ अब सार्वजनिक नहुने: प्रहरीको नयाँ निर्देशन

त्रिविको आर्थिक वर्ष २०८२/८३ को बजेट अनुसार, फिर्ता भएको रकम निवृत्तिभरण कोष वृद्धिमा प्रयोग गरिनेछ। अध्ययन बिदा दुरुपयोग गरेर फिर्ता गरिएको रकमलाई सामाजिक सुरक्षाका दृष्टिले उपयोग गर्ने नीति त्रिविले लिएको

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5