नेपालमा मनसुन सक्रिय, कोशी–बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

 श्रावण २५, २०८२

✍ लेखा खबर संवाददाता


नेपालमा मनसुनको प्रभावले परेको भारी वर्षा र बादलले ढाकिएको दृश्य

काठमाडौं, साउन २४ – नेपालमा मनसुन सक्रिय भई पूर्व र पश्चिम दुवै क्षेत्रमा वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको केही उत्तरतिर र पश्चिमतर्फ नेपालको तराई भूभागको नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

रातिको पूर्वानुमान

आज राति पनि देशभर सामान्य बदली रहनेछ। मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमतीका पहाडी भूभाग र मधेश प्रदेशको केही भागमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोटेकोशीको वर्षा बिना आएको आकस्मिक बाढी (अपडेट): ३ प्रहरीसहित १८ सम्पर्कविहीन,

मौसमविद्हरूका अनुसार नेपालमा मनसुन सक्रिय भई भारी वर्षा हुने स्थानमा बाढी, पहिरो र अवरोधको जोखिम बढ्ने भएकाले नदी किनार, पहाडी बाटो तथा संवेदनशील क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5