भारतलाई नेपालको विद्युत निर्यात बढ्दै, थप २०० मेगावाट बिक्रीको अनुमति

 श्रावण २८, २०८२

✍ लेखा खबर संवाददाता


नेपालबाट भारततर्फ बिजुली निर्यात

पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली ३१ अक्टोबरसम्म भारत पठाइने

काठमाडौं, साउन २७ – भारतलाई विद्युत निर्यात गर्ने क्रममा भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत खरिदको अनुमति दिएको छ। यससँगै भारत र बंगलादेशमा पठाइने बिजुलीको कुल निर्यात क्षमता १०५०.९ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत आयातको अनुमति दिएको थियो। नयाँ सहमति अनुसार अब नेपालबाट भारतमा १०११ मेगावाट बिजुली पठाउन सकिने भएको छ। साथै, बंगलादेशमा पनि नेपालले हाल ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ।

नयाँ स्वीकृत २०० मेगावाट विद्युत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोला जलविद्युत आयोजना मार्फत निर्यात गरिनेछ। यो अनुमति ३१ अक्टोबरसम्म कायम रहनेछ।

गत आर्थिक वर्ष ०८१/८२ मा नेपालले भारतमा बिजुली बेचेर १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो। प्राधिकरणका अनुसार थप निर्यात स्वीकृतिसँगै यो वर्ष विद्युत निर्यात आम्दानी दोब्बर हुने अपेक्षा गरिएको छ।

‘नक्कली आधार कार्ड र राहदानी बनाएर’ भारत हुँदै नेपाली युवतीहरूको तस्करी उजागर

नेपालको ऊर्जा क्षेत्रका विज्ञहरूले भारतसँगको विद्युत व्यापारलाई दीर्घकालीन आर्थिक लाभदायी कदमका रूपमा लिएको छन्। उनीहरूको भनाइमा, यो सम्झौताले भारतलाई नेपालको विद्युत निर्यात अझै विस्तार गर्ने अवसर दिनेछ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5