दशैं-तिहारमा गाडी भाडा नबढ्ने, सरकारले व्यवसायीसँग सहकार्य गर्दै

 भदौ ०२, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौंमा यातायात मन्त्रीले दशैंतिहारमा गाडी भाडा नबढ्ने घोषणा गर्दै

काठमाडौं, भदौ २ – यस वर्षको दशैं–तिहारमा दशैं-तिहारमा गाडी भाडा नबढाइने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालका अनुसार यात्रु थप आर्थिक बोझमा नपरोस् भन्ने उद्देश्यले सार्वजनिक यातायातको भाडा नबढाइने निर्णय गरिएको हो।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले भने,
“इन्धनको मूल्यअनुसार भाडा घटबढ गर्ने प्रावधान भए पनि चाडपर्वका बेला यात्रु थप मारमा पर्नुहुँदैन। त्यसैले यस वर्ष दशैंतिहारमा सार्वजनिक यातायातको भाडा बढाइने छैन।”

व्यवसायीसँग छलफल

मन्त्री दाहालले यातायात व्यवसायीहरूसँग छलफल गरी चाडपर्वका बेला यात्रुहरूलाई सहज सेवा उपलब्ध गराउने तयारी भइरहेको बताए। उनका अनुसार सरकार मातहतका निकायसँग समन्वय गर्दै सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सक्रिय छ।

सडक इतिहासको ३५ वर्ष : ०४७ सालयता कति किमि सडक निर्माण भयो ?

दशैं–तिहारको समयमा काठमाडौं उपत्यका लगायत देशभर यात्रुको चाप बढ्ने गर्छ। यस्तो अवस्थामा भाडा नबढाउने निर्णयले यात्रुहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ। मन्त्री दाहालले यातायात व्यवसायीहरूलाई पनि यात्रु अनुकूल सेवा दिन आग्रह गरेका छन्।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5