३१ म्युचुअल फन्डको लाभांश घोषणा, २१% सम्मको प्रतिफल पाउने अवसर

काठमाडौं, भदौ ४ – नेपालमा म्युचुअल फन्ड योजनाले इकाइधनीलाई आकर्षक प्रतिफल दिने क्रम बढिरहेको छ । हालसम्म ३१ म्युचुअल फन्ड योजनाले लाभांश घोषणा गरेका छन्, जसअन्तर्गत ५ फन्डले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने भएका छन् । यससँगै इकाइधनीले २१% सम्म प्रतिफल पाउने अवसर पाएका छन् ।
२०% भन्दा बढी लाभांश दिने फन्डहरू
सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ–२, सिद्धार्थ इक्वीटी फन्ड, सानिमा लार्ज क्याप, आरबीबी म्युचुअल फन्ड–१ र लक्ष्मी उन्नति कोषले २० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेका हुन् । म्युचुअल फन्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ भए पनि, २०% लाभांश घोषणा गरेको अवस्थामा इकाइधनीले प्रतिइकाइ २ रुपैयाँ पाउँछन् ।
यद्यपि, कतिपय योजनाको बुक क्लोज भई मूल्य समायोजन भइसकेकाले ती योजनाबाट लाभांश लिन सम्भव छैन ।
बजार मूल्य र प्रतिफल
२०% भन्दा बढी लाभांश दिने म्युचुअल फन्डहरूको बजार मूल्य ११.२३ देखि ११.४५ रुपैयाँसम्म छ । खुद सम्पत्ति मूल्य (नेट एसेट भ्यालु) अनुसार यी योजनाहरू १५–२०% छुटमा कारोबार भइरहेका छन् । यसरी उच्च छुटमा कारोबार र नगद लाभांश दुवै पाउँदा प्रतिफल उल्लेखनीय देखिएको छ ।
अंकित मूल्यभन्दा कममा कारोबार भइरहेका इकाइहरूले समेत लाभांश पाएका छन् ।
खुलामुखी र बन्दमुखी योजना
नेपालमा हाल ३८ वटा बन्दमुखी म्युचुअल फन्ड दोस्रो बजारमा सूचीकृत छन् भने १० वटा खुलामुखी योजना तोकिएका बैंक तथा वित्तीय संस्थामार्फत सञ्चालित छन् ।
- बन्दमुखी योजना दोस्रो बजारबाट खरिद गर्न सकिन्छ ।
- खुलामुखी योजना भने तोकिएका एजेन्टमार्फत मात्र खरिदबिक्री गर्न सकिन्छ ।
यिनै योजनाहरूलाई सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (SIP) मार्फत पनि खरिद गर्न सकिन्छ, जसमा मासिक वा त्रैमासिक निश्चित रकम भुक्तानी गरी युनिट डिम्याट खातामा जम्मा गर्न सकिन्छ ।
इतिहासमै म्युचुअल फन्डले एकै वर्ष ५०% सम्म लाभांश दिएको तथ्य छ । हालको बजार लय हेर्दा इकाइधनीले म्युचुअल फन्डमा लगानी गरेर सहज रूपमा प्रतिफल पाउने सम्भावना देखिन्छ ।
सेयर बजारको सीधा कारोबार नजानेकाहरूका लागि पनि म्युचुअल फन्ड सुरक्षित विकल्प मानिन्छ, किनभने योजनाहरू विशेषज्ञद्वारा व्यवस्थापन गरिन्छन् ।
योजना नाम | लाभांश |
---|---|
सानिमा लार्ज क्याप | 21.05 |
सिद्धार्थ इक्वीटी फन्ड | 20 |
सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ २ | 20 |
लक्ष्मी उन्नति कोष | 20 |
आरबीबी म्युचुअल फन्ड १ | 20 |
सनराइज ब्लु चिप | 19 |
सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ ३ | 17 |
शुभ लक्ष्मी कोष | 16 |
लक्ष्मी भ्यालु फन्ड–२ | 15 |
सानिमा ग्रोथ फन्ड | 15.79 |
एनएमबी ५० | 15 |
एनएमबी सुलभ फन्ड २ | 15 |
सनराइज फर्स्ट म्युचुअल फन्ड | 14 |
सनराइज फोकस्ड इक्वीटी फन्ड | 13.5 |
आरबीबी म्युचुअल फन्ड २ | 13 |
प्रभुु सेलेक्ट फन्ड | 12 |
कुमारी इक्वीटी फन्ड | 11.5 |
कुमारी धनवृद्धि योजना | 10.5 |
एनआईसी एसिया फ्लेक्सी क्याप | 10.1 |
प्रभु स्मार्ट फन्ड | 10 |
एनआईसी एसिया ब्यालेन्सड् | 9.9 |
नबिल फ्लेक्सी क्याप | 9 |
कुमारी सबल योजना | 9 |
कुमारी सुनौलो लगानी | 8.88 |
एनआईसी एसिया सेलेक्ट ३० | 8.65 |
सिद्धार्थ सिस्टमेटिक स्किम | 8 |
एनआईबीएल सहभागिता फन्ड | 7 |
एनआईसी एसिया डायनामिक डेप्ट | 5.55 |
गरिमा समृद्धि | 5.1 |
एनएमबी सरल बचत फन्ड | 4.27 |
मुक्तिनाथ म्युचुअल फन्ड | 3.8 |
तपाईंको प्रतिक्रिया