२ अर्ब ७७ करोड मुद्दती निक्षेप लगानी गर्दै राष्ट्र बैंक, बैंकहरूका लागि कडा शर्त

 भदौ ०६, २०८२

✍ लेखा खबर संवाददाता


राष्ट्र बैंकको मुद्दती निक्षेप लगानी सम्बन्धी सूचना

काठमाडौं, भदौ ६ – नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले विभिन्न कोषमा रहेका रकमलाई उपयोग गर्ने उद्देश्यसहित भदौ २६ गतेबाट लागू हुने गरी एक वर्ष (३६६ दिन) अवधिको लागि मुद्दती निक्षेप लगानी गर्न लागेको हो।

यसका लागि वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र वित्त कम्पनीहरूले प्रतिस्पर्धात्मक ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ। प्रस्ताव पेश गर्ने अन्तिम म्याद भदौ ८ गते राति १२ बजेसम्म तोकिएको छ भने सम्पूर्ण विवरण तोकिएको ढाँचामा इमेलमार्फत पठाउनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार, कुल लगानी रकममध्ये वाणिज्य बैंकमा २ अर्ब २२ करोड रुपैयाँभन्दा बढी, विकास बैंकमा ४१ करोड रुपैयाँभन्दा बढी र वित्त कम्पनीमा करिब १४ करोड रुपैयाँ राखिनेछ। यसरी बैंक तथा वित्तीय संस्थाहरूबीच प्रतिस्पर्धा हुने भएकाले यसले बजार ब्याजदरमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तर, लगानी पाउनका लागि केही कडा शर्तहरू तोकिएका छन्। प्रस्ताव गर्ने संस्थाको कायम पुँजी न्युनतम मापदण्डअनुसार हुनुपर्नेछ भने निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद एनपीएल अनुपात ३ प्रतिशतभन्दा बढी हुन नपाइनेछ। त्यस्तै, तरल सम्पत्ति अनुपात, कर्जा-निक्षेप अनुपात तथा विगतको नाफा–नोक्सान विवरण पनि सकारात्मक हुनुपर्नेछ।

समस्याग्रस्त घोषणा भएका बैंक तथा वित्तीय संस्थाले पनि प्रस्ताव पेश गर्न सक्नेछन् तर यस्तो अवस्थामा कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने प्रावधान छ। साथै, सर्वसाधारणलाई छुट्याइएको शेयर जारी गरिसकेको हुनु पनि अर्को अनिवार्य शर्त हो।

कर्णाली विकास बैंक घोटालाः संस्थापक अध्यक्षसहित तीनजना थुनामा, राष्ट्र बैंकका पूर्वकर्मचारी धरौटीमा छुट्ने

यस लगानीबाट बैंक तथा वित्तीय संस्थाहरूमा तरलता व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ भने राष्ट्र बैंकले बजारमा स्थिरता कायम गर्न पनि मद्दत पुग्ने बताइएको छ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?