उखु किसान द्वरा भाद्र २५ देखि अनिश्चितकालिन राजमार्ग बन्द

 भदौ १४, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौं – केहि समय देखि आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालका लागि राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्। सनिबारको  उखु उत्पादक महासङ्घ र उखु उत्पादन हुने जिल्ला सङ्घहरूको बैठकले अनिश्चितकालिन राजमार्ग बन्द गर्ने निर्णय गरेको हो।

सनिबार बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त बैठकबाट माग सम्बोधन गराउनका लागी थप निर्णायक आन्दोलन अपरिहार्य रहेकोले सशक्त आन्दोलनका लागी सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा २५ गते बुधवारबाट अनिश्चितकालिन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय भएकाले सो परिस्थितिमा उत्पन्न हुने प्रतिकूल वातावरणको जिम्मेवार नेपाल सरकार, अर्थ मन्त्रालय र सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद् हुने जानकारी सबैमा अनुरोध छ।’ 

‘सरकार भनेको आम जनताको अभिभावक हो तर पटक पटक आम मेहनती किसानलाई धोका दिनु भनेको किसानको आत्म सम्मानमा ठेस पुराउनु हो’ विज्ञप्तिमा भनिएको छ।

उनीहरुले आज पनि माइतिघर मण्डलामा धर्ना दिएका छन्। 

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?