जेनजी आन्दोलन: एक हजार ४२ सरकारी गाडीमा आगजनी

 भदौ ३१, २०८२

✍ लेखा खबर संवाददाता


जेनजी आन्दोलनमा जलेका सरकारी सवारीसाधन

सडक विभागका सबैभन्दा धेरै गाडी नष्ट, सिंहदरबार परिसरमै सरकारी कार्यालयमा तोडफोड र लुटपाट
काठमाडौँ, ३१ भदौ- जेनजी युवाको आन्दोलन हिंसात्मक बन्दै गएपछि राजधानी काठमाडौँमा एक हजारभन्दा बढी सरकारी सवारीसाधनमा आगजनी भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।

विभिन्न सरकारी निकायहरुको विवरण अनुसार १,०४२ वटा सरकारी सवारीसाधन जलेर नष्ट भएका छन्। तीमध्ये ४४१ वटा चारपांग्रे र ६०१ वटा दुईपांग्रे गाडी रहेका छन्।

सबैभन्दा धेरै सडक विभागका गाडी नष्ट

सरकारी मुखपत्र गोरखापत्रले सार्वजनिक गरेको विवरणअनुसार,

सिंहदरबारमै तोडफोड, लुटपाट र आगजनी

भदौ २३ गते जेनजी युवाको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि सरकारी गाडी कार्यालयमै पार्किङ गर्न निर्देशन दिइएको थियो। तर भदौ २४ गते आन्दोलन हिंसात्मक बन्दै गएपछि सिंहदरबार परिसरभित्रका सरकारी कार्यालयहरुमा तोडफोड, लुटपाट र आगजनी भएको थियो।

छोटो समयमा छलाङ : Accord Pharmaceuticals नेपालको औषधि उद्योगको उदाउँदो शक्ति

अधिकारीहरुले आन्दोलनको क्रममा सरकारी तथा निजी दुवै सवारीसाधनमा क्षति पुगेको जनाएका छन्। सम्पूर्ण नोक्सानीको मूल्यांकन आउन अझै समय लाग्ने र आर्थिक क्षतिको पूर्ण विवरण पछि सार्वजनिक गरिने बताइए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5