पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जेनजी आन्दोलनमा आफूले गोली चलाउने आदेश नदिएको दाबी 

 असोज ११, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौं ११ , असोज, । एमाले अध्यक्ष ओलीले पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज भक्तपुरको गुन्डुमा आयोजना गरेको दसैँ भेटघाट कार्यक्रम अवसरमा आफू रक्तपात नहोस् भन्ने पक्षमा रहेको तर गोली कसको आदेशमा चल्यो भनेर आश्चर्य व्यक्त गरेका हुन्।  

‘गोली चल्यो भनेपछि मैले सोधेको थिएँ- गोली चलाउने तहमा कसरी पुग्यो? कहाँ गोली लागेको छ? टाउका र छातीमा! प्रहरीलाई त घुँडामुनि मात्र गोली हान्ने आदेश हुन्छ, कसरी यस्तो भइराख्या छ? म त्यो सदाशयतताका साथ देशमा रक्तपात नहोस् भनेर भनेको भन्यै छु। म अत्यन्त दुःखित छु। कसरी भयो’, उनले भने, ‘भोलिपल्ट पनि अप्रिय घटना नहोस् भनेर मैले धेरै प्रयास गरेको थिएँ’। जेनजीको भ्रष्टाचार अन्त्य नहोस् भन्ने मागसँग गम्भीरताका साथ लिएको थिएँ। तर देश त्यतापट्टि गएन। छानबिन आयोग भनेको छ, आयोगले छानबिन गर्ला, आयोगको प्रतिवेदन पर्खिनुपर्ला। त्यो आदेश दिने र कार्यान्वयन गर्ने को हो? विभिन्न प्रकारका भिडिओ आएका छन्, कति सत्य हुन्? कति एआईनिर्मित हुन्? आयोगले छुट्याउला। प्रधानमन्त्रीले न गोली चलाउने आदेश दिन्छ न थाहा पाउँछ। यत्तापट्टि म सबैलाई स्पष्ट हुन आग्रह गर्न चाहन्छु।’

भ्रष्टाचारविरुद्ध जेनजीले भदौ २३ गते गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ युवा मारिएका थिए भने भोलिपल्ट आन्दोलन अझ उग्र बन्दा थप मानवीय र भौतिक क्षति भएको थियो। आन्दोलनमा परी घाइते भएकाहरू उपचारका क्रममा मृत्यु हुँदै जाँदा अहिलेसम्म ७५ जनाको मृत्यु भइसकेको छ ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?