रास्वपाको समानुपातिक बन्दसूचीबाट १५ जनाले नाम फिर्ता लिए, को-को हुन्?

 पुष २४, २०८२

✍ लेखा खबर संवाददाता


रास्वपाको समानुपातिक बन्दसूचीबाट १५ जनाले फिर्ता लिए नाम

काठमाडौं, पुष २४। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीप्रति पार्टीभित्र र बाहिर आलोचना भएपछि उम्मेदवारहरूले नाम फिर्ता लिने क्रम बढेको छ। उनीहरूले सामाजिक सञ्जालमार्फत नाम फिर्ता लिएको घोषणा गरेका हुन्।

अहिलेसम्म १५ जनाले नाम फिर्ता लिएको विषयमा पार्टीलाई जानकारी गराइसकेका छन्। आदिवासी जनजाति क्लस्टरबाट मिलन लिम्बू, टासी लाक्पा शेर्पा, धर्मलाल तामाङ, सुदेश गुरुङ र महिलातर्फ त्रिसला गुरुङ रहेका छन्।

यसैगरी खस आर्यतर्फ सचिन ढकाल, अरनिको कुमार पाँडे, गोविन्द नारायण, जनक न्यौपाने र महिलातर्फ सिर्जना ओली रहेकी छन्। दलितवर्गबाट डा. रामजी राम, साजन विक, किशोर गन्धर्व तथा मुस्लिम समुदायबाट आसिफ शाह र मोहना अन्सारीले नाम फिर्ता लिएका छन्।

निर्वाचन आयोगः दुई अवस्थामा समानुपातिक बन्दसूचीको नाम परिवर्तन गर्न सकिने

तर बाहिर नाम फिर्ता लिएको घोषणा भएता पनि निर्वाचन आयोगमा लिखित निवेदन दिनुपर्ने आयोगको भनाई छ। कुन क्लस्टरमा कसले नाम फिर्ता लिने हो, उसले प्रक्रिया पुर्‍याएर आएको खण्डमा संशोधन हुनसक्ने व्यस्था रहेको छ। नाम फिर्ता लिन चाहने व्यक्तिले पुस २८ गतेभित्र निवेदन दिनुपर्ने व्यवस्था रहेको छ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?