श्रीराम ग्यासको डिपोमा छापा: ६ हजारभन्दा बढी सिलिन्डर बरामद, ३ लाख जरिवाना
काठमाडौं, २ चैत । बजारमा खाना पकाउने ग्यासको हाहाकार भइरहेका बेला ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास लुकाएर राखिएको फेला परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमन गर्दा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर स्टोर गरेर राखिएको भेटिएको हो।
उपभोक्ताले ग्यास नपाएर घण्टौँ लाइन बस्नुपर्ने अवस्थामा उद्योगले कृत्रिम अभाव सिर्जना गरेको ठहर गर्दै विभागले तत्काल ३ लाख रुपैयाँ जरिवाना गरेको छ। विभागका महानिर्देशक रोशन ज्ञवालीका अनुसार उद्योगले ‘अनुचित व्यापारिक क्रियाकलाप’ गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गरिएको हो। बरामद गरिएका सबै ६ हजार ३ सय ७७ वटा सिलिन्डर आजैदेखि नेपाल आयल निगमको समन्वयमा बजारमा बिक्री वितरण गर्न निर्देशन दिइएको छ। विभागले अन्य ग्यास उद्योगहरूमा पनि निगरानी तीव्र पारेको छ।
बञ्चरेडाँडाको भार घटाउँदै काठमाडौं महानगर: सुक्खा फोहोरबाटै वार्षिक ६ करोड आम्दानी

तपाईंको प्रतिक्रिया